Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा सशस्त्र प्रहरी बल नेपालले लाखौंको अवैध सामानसहित राँगालाई नियन्त्रणमा लिएको छ। बिहीबार सशस्त्र प्रहरी नं. ३४ गण कैलालीद्धारा १४ लाख मुल्यको अवैध सामान लोड गरिएको राँगासहित ४ ओटा गाडा बरामद गरिएको हो। गणका प्रमुख एसपी दलबहादुर पाण्डेका अनुसार धनगढी उप-महानगरपालिका वडा नं. १० बनकट्टीघाटबाट रातिको समयमा भारततर्फ लैजान लागिएका उक्त सामान बरामद गरिएको हो। सशस्त्रले बनकट्टीघाटस्थित सीमा ईलाकामा नेपालबाट अवैध रुपमा भन्सार छली गरेर भारततर्फ लैजादै गरेका ती सामान बेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ। त्यसपछि ती कवाडी टायर ट्यूवसहितका गाडा सशस्त्र प्रहरी बल, नेपाल बिओपि जुगेडाबाट सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बरामद गरेको थियो। …

Read More

धनगढीः कैलालीमा ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबिच झडप हुँदा बिहीबार राति पाँच जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले झडपका क्रममा दुबै समूहका गरेर पाँच जना घाइते भएको बताए। उनका अनुसार गौरीगंगाकै २५ वर्षीय विक्रम बम, २३ वर्षीय सुरेश बम, २३ वर्षीय कृष्ण बोहरा, २० वर्षीय दिनेश बसाल र २२ वर्षीय प्रशान्त कलेल घाइते भएका हुन्। प्रवक्ता बोहराले ग्याङ फाइट गर्ने एउटा समूहको नेतृत्व गर्ने गौरीगंगा–५ का २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको बताए। थापाको समूहमा खेम बम, लक्ष्मण बिष्ट र…

Read More

काठमाडौं: नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष बाबुराम श्रेष्ठले अवकाश पाएका छन्। उनले आजबाट अवकाशप्राप्त गरेका हुन्। उनको अवकाशपछि उनको जिम्मेवारी आजदेखि सोही कलेजका सहशिक्षाध्यक्ष तथा सहायक रथी मनोज थापालाई दिइएको छ।  उपरथी श्रेष्ठले पहिलो पदावधिको हदका कारण अवकाश पाएका हुन्। निमित्त शिक्षाध्यक्ष थापालाई श्रेष्ठको जिम्मेवारी बुझबुझारथसमेत गरिएको छ।

Read More

काठमाडौं: एक अमेरिकी उपसहायक मन्त्री नेपाल भ्रमणमा आएकी छन्। मध्य तथा दक्षिण एसिया मामिला उपसहायक मन्त्री एलिजावेथ क्याथरिन होर्स्ट काठमाडौं आएकी हुन्।  कतार एअरवेजको उडानमा दोहा हुँदै हिजो अपरान्ह पौने ५ बजे आइपुगेकी उनी प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी पनि हुन्। कतार एअरवेजकै उडानमा दोहा हुँदै सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको नौ सदस्यीय टोली अमेरिकाको बोस्टन गएको छ। शनिबारदेखि मंगलबारसम्म बोस्टनमा हुन लागेको प्रहरी प्रमुखहरुको अन्तर्राष्ट्रिय संगठनको सम्मेलनमा भाग लिन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक सम्वृद्धि बस्नेत, सशस्त्र प्रहरी नायव उपरीक्षक सत्यदेवी बस्नेत रहेको नौ सदस्यीय टोली गएराति साढे २…

Read More

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको बढिमालिका भगवतीको दर्शन गरेका छन्। त्रिबेणीमा नवनिर्मित नाट्टेश्वरी मन्दिरको उद्घाटन गर्नु अघि राष्ट्रपति दम्पत्तीले बडिमालिकाको दर्शन गरेका थिए।  राष्ट्रपतिसँगै उनकी धर्मपत्नी सविता पौडेलले पनि बडिमालिका भगवतीको दर्शन गरेकी छन्। नाट्टेश्वरी मन्दिर उद्घाटनका लागि राष्ट्रपति पौडेल बुधबार बेलुकी सुर्खेत बास बसेका थिए।  राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले त्रीबेणीको नाट्टेश्वरी मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल बाजुरा गएको जानकारी दिए।

Read More

धनगढी: डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको केआई सिंह गाउँपालिका–२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका–८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस्तै कैलालीमा पासोमा परेको चितुवा मरेको छ। जिल्लाको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको हो। पासोमा परेको वयस्क भालेलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो। उद्धार गरी थप उपचार र पुनःस्थापना गर्न डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सव–डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले बताए। चितुवा अन्य…

Read More

काठमाडौं: हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने फरार इन्सपेक्टर बिनुकुमारी शाहीमाथि संगठित अपराधसम्बन्धि कसुर पनि आकर्षित हुने भएको छ। संगठित शैलीमा अपराध गरेर व्यापारीलाई थुनामा राखी पैसा असुल गरिएको अनुसन्धानमा देखिएपछि आपराधिक लाभसँगै संगठित अपराध मुद्दा पनि चलाउन लागिएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवलदार महेन्द्र हमालसँग चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ। इटहरीका ताज इस्लाम नेतृत्वको समुहले इन्सपेक्टर शाहीसँग मिलेर एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै एक दिन थुनामा राखेर ३० लाख रुपैयाँ असुल गरी छाडेको थियो। सो गिरोह पेशेवर देखिएको, घटना योजनाबद्ध भएको र तीन जना भन्दा धेरै व्यक्तिको संलग्नता देखिएपछि ललितपुर प्रहरीले संगठित…

Read More

धनगढी: कैलालीमा साढे २० क्विन्टल अवैध चिनी बरामद गरिएको छ। बिहीबार कैलारी गाउँपालिका-८ काे लाैँसाबाट भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख ८७ हजार बराबरकाे चिनी बरामद गरिएकाे हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको अपराध अनुसन्धान समूह (पिआईटी) को टोलीले उक्त चिनीसहित गाडी नियन्त्रणमा लिएको जनाइएको छ। यस्तै गाडी चालकसहित एक जना अर्का भने भागेको बताइएको छ। प्रहरीकाअनुसार ५० किलो ताैल भएका ४१ बाेरा अवैध चिनी बरामद गरिएको हो। बरामद चिनी र गाडी आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

Read More

कैलालीः कैलालीमा ज्यान मार्ने उद्योगका दोषीसहित तीन जना पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष पाँच महिना तीन दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१६ का २७ वर्षीय धर्मसिंह बोहरालाइ बुधबार प्रहरीले पक्राउ गरेको हो। त्यस्तै, चोरी मुद्दामा १ महिना कैद सजाय र ४५ हजार ८ सय जरिवाना तोकिएका गोदावरी नगरपालिका–८ का ३५ वर्षीय गंगाराम चौधरी र चोरी मुद्दामै २३ दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१का २५ वर्षीय बिनित बडुलाइ बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौँः लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ। बुधबार आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो । आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले आयोगको नियमित कार्यतालिका अनुसार नै दरखास्त खुला गरिएको जानकारी दिइन्। निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य सेवाका नवौँ र एघारौँ…

Read More