Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट लिएको छ। नेपालका लागि हेमन्त धामीले आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराएका छन्। खेलमार्फत् हेमन्तले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्। उनी नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका छन्। क्यानडाले २.१ ओभरमा पहिलो विकेट गुमाउँदा ७ रन जोडेको थियो। यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ। फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो। कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक…

Read More

काठमाडौं : क्यानडाविरूद्धको तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाली टिमबाट तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गर्दैछन्। टिममा आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाललाई बेन्चमा छन्। अनिल साहले आजको खेलमा विकेटकिपरको भूमीका निर्वाह गर्नेछन्। यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ। फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो। कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

Read More

धनगढी : सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि मोहन्याल गाउँपालिकाले भने दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका छन् । साथै उक्त दिन सहिद बेपत्ता र घाइते भएका व्यक्तिहरू तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जनाएका छन् । यस अघि सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गरेको थियो । ‘शान्ति प्रक्रियाको सबै कार्यहरू सम्पन्न हुन बाँकी रहेको अवस्थामा सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था…

Read More

धनगढी : सशस्त्र प्रहरीका महानिरीक्षक (आइजिपी)को पदावधि घटाउने प्रस्ताव गरिएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको ऐन संशोधन प्रक्रिया अगाडि बढाएसँगै आइजिपीको पदावधि बढाउने प्रस्ताव गरेको हो। माघ तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएसँगै सशस्त्र प्रहरीका ऐन संशोधन प्रकृया अगाडि बढेको गृह मन्त्रालयले जनाएको छ। सशस्त्र प्रहरी बलले संशोधन प्रक्रियामा मस्यौदाबारे छलफल भइरहेको र आइजिपी राजु अर्यालले आइजिपीको पदावधि तीन वर्ष राख्ने प्रस्ताव गरेको बताइएको छ। सशस्त्रका तल्लो तहका कर्मचारीको वृत्ति विकासलाई ध्यानमा राखेर सशस्त्र प्रहरीले यस्तो प्रस्ताव गरेको जनाइएको छ। खासगरी प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरू १८ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता हटाउन उच्च पदको पदावधि घटाउने…

Read More

धनगढी : बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला अदालत काठमाण्डौंका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका छन् । प्रहरीले अनुसन्धान जारी राखेकै बेला जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप मुगुमा काज सरुवा गरिएको हो । गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीशको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए । व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन…

Read More

काठमाडौँ : गौशालास्थित एक होटलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले सँगै बसेका पुरुषलाई पक्राउ गरेको छ। रामेछापकी प्रमिला दमाईको हत्या गरेको आरोपमा प्रहरीले दोलखाका कुमार श्रेष्ठलाई पक्राउ गरेको हो। शुक्रबार बेलुका ५ बजेतिर उनीहरु उक्त होटलमा बसेका थिए। तर भोलिपल्ट दिउँसो होटलका कर्मचारीले हेर्दा ढाकामा चाबी लगाइरहेको देखेपछि चाबी फुटाएका थिए। होटलको पैसा नतिरी उनीहरू हिँडेको आशंकामा होटल सञ्चालकले ढोका फोडेर हेरेको प्रहरीलाई बताएका छन्। तर कोठाभित्र महिला मृत देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। महिला मृत भेटिएको कोठामा सँगै बसेका पुरुष भने फरार थिए। उनी अर्कै नाममा होटल बुक गरेर बसेको पाइएको छ। शनिबारदेखि नै फरार भएका ती…

Read More

धनगढी : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका २ वाणी शिविरस्थित मामाको घरमा बस्दै आएका २८ वर्षीय भरत बिष्टको मृत्यु भएको हो । बैतडीको डिलासैनी गाउँपालिका २ घरभएका बिष्ट कृष्णपुरका घर निमार्णको काम गर्थे । घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । करेन्ट लागि गम्भीर घाइते भएका बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ आक्रमणसामु भारतका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन र मुसिर खान २२ रनमा आउट भए । मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२, कप्तान उदय सहारन ८, सचिन दास र प्रियान्शु मोलियाले ९/९ रन बनाए । अष्ट्रेलियाका माहली…

Read More

काठमाडौं : गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राति गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो । वालिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाले जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ भने प्रहरीले थप अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

Read More

डडेल्धुरा : नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरी शनिबार पक्राउ गरेको थियो । उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत हुन । धनबहादुरले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए। उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एकसय ट्रान्सफर गरि ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएको बुझिएको छ । बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनि बझाङ गएको डीएसपीले दिपककुमार कार्कीले बताए। अपरिचित…

Read More