Author: महेन्द्रनगर पोष्ट

पाल्पा : पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ। दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्धारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ। डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्। प्रहरी र स्थानीयले घटनास्थल पुगेर उद्धार गरिरहेका छन्। घटनाबारे…

Read More

पाल्पा : पाल्पामा जीप दुर्घटनामा परेको छ । पाल्पाको डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा परेको हो । सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्यामको चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको स्थानीयले जनाएका छन् । दुर्घटनामा ठूलै हताहती भएको आशंका गरिएको छ ।

Read More

दार्चुला –दार्चुलामा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–७ पुनेकोटस्थित सिँचाईका लागि बनाएको पानी पोखरीमा मंगलबार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेको चितुवालाई चौलानी सव–डिभिजन कार्यालय गोकुलेश्वर कार्यालयको जिम्मा लगाएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-२ का ३१ वर्षिय कृष्णानन्द पन्त रहेका छन्। मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको जाहेरी थिए। सोही जाहेरीका आधारमा आधारमा मंगलबार पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला दहन गरिएको छ। कञ्चनपुरमा आज (मङ्गवार) विद्यार्थी संगठनहरूले मन्त्री साउँदको पुत्ला जलाएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको भन्दै पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघका नेता वासुदेव न्यौपानेले बताए। नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परिक्षामा राहुल नेपाली उदीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको आरोप उनीहरूको छ। सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुको नाम समावेश भएपनि मन्त्रालयले बेवास्ता गरेको विद्यार्थी संगठनहरूले बताएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयको अन्योल पूर्ण पत्रका…

Read More

बझाङ : बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे। ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनको चर्चाको शिखरमा पुगेका हो। खप्तडछान्ना गाउँपालिकास्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्पतर्फ स्वर्णपदक जितेका हुन्। पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उनले स्वर्णपदक हात पारे। अहिले उनलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन्। एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘ओएमजी खप्तड (खप्तडछान्ना गाउँपालिका) को उड्ने चरो रहेछ त। प्वाँख फिटिङ गरेको छ कि क्या हो।’ त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेखेका छन्, ‘यो भाइ त चरो हो। चरोको…

Read More

काठमाडौं : एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ। २ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो। नेपालकी अस्मिना कर्माचार्यले ४ तथा पुजा महतो र रुबिना क्षेत्रीले ३/३ विकेट लिए। अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए। माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। मालदिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो। त्यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५…

Read More

डडेल्धुरा : डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ। आज (मंगलबार) देखि सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो। कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए। उनका अनुसार, १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन्। आज भने तीन जना विद्यार्थी उपस्थित रहेका थिए। मेडिकल कलेज सञ्चालन हुनु खुसीको खबर भएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले जानकारी दिए। उनले सुदूरपश्चिम विश्व विद्यालयले देखाएको अठोटका लागि धन्यवाद समेत दिए। उनले आगामी तीन वर्षमा एमबीबीएस पढाइ सुरु गर्ने अठोट व्यक्त…

Read More

कैलाली: ‘बदनाम भएर के बाच्नु, सरी दिदी ममी’ भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी शिक्षिका राजेश्वरी डडालका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय सुनाइएको छ। धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका डडालको आत्माहत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो। जिल्ला अदालतका न्यायाधिश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको श्रेस्तेदार मानबहादुर बिष्टले जानकारी दिए। मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको उनले बताए। दार्चुलाको मार्मा गाउँपालिका–६ सितोली घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी…

Read More

धनगढी : कैलालीको एक विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका- ७ कुहिनेको अरनिको आधारभुत विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको हो। विद्यालयकी प्रावि स्थाई दरबन्दीकी शिक्षिका देवकी जोशी र बालविकास शिक्षिका रिता बिष्टबीच कुटाकुट भएको हो। माघ २६ गते शुक्रबार विद्यालय समयमा दुबै शिक्षिकाबीच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले जानकारी दिए। बिष्टले आफ्नो औला काटेको जोशीले आरोप लगाइन्। जोशी अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमा बसेको बताएकी छन्। विद्यालय व्यवस्थापन समितिले दुबे पक्षलाई छलफल गराईविवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताइन्। तर, उपस्थित नभएपछि बैठक स्थगित भएको उनको भनाइ छ।

Read More