Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

Read More

धनगढी : कञ्चनपुर प्रहरीले धमाधम पत्रकार पक्राउ गर्न थालेपछि सांसददेखि पत्रकारसम्म आक्रोशित भएका छन् । प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको थियो भने दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरु विरुद्धमा विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो। पत्रकार भट्ट र कुँवरले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए । यसरी प्रहरीले समाचार लेखेको भरमा प्रतिशोधपूर्ण कारबाही गर्न पक्राउ गरेको भन्दै सासंददेखी पत्रकारहरुले आक्रोशित भएका छन् । कञ्चपुरबाट निर्वाचित प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ…

Read More

धनगढी : क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका यु १९ टिमका कप्तान देव खनाल र सिनियर टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । देवले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । भने पौडेलले ६८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १७० रन बनाएको छ ।

Read More

काठमाडौं : नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार साह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन् । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल १९ बलमा ५० रन बनाएका छन् । उनी बिसौं बलमा भने आउट हुन पुगे । अनिल विश्व कीर्तिमान बनाउनबाट भने चुकेका छन् । ओडीआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुकेका हुन् । अनिल १३ बलमा ७ चौका र २ छक्कासहित ४३ रनमा खेलेका थिए । तर छैटौं ओभरमा साद बिन जफारको तीन बलमा एक रन जोडेपछि उक्त उक्त कीर्तिमानबाट चुकेका हुन्…

Read More

धनगढी : कञ्चनपुर प्रहरीले पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको छ। शनिवार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो कुँवरलाई समेत नियन्त्रणमा लिएको हो। पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीका अनुसार शनिवार दिउँसो कुँवरलाई समेत प्रहरीले पक्राउ गरेको हो। उनी विरुद्धमा पनि विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो। शनिवार बिहान जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट उनलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, कञ्चनपुर प्रहरीले मुद्‍दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनको काम…

Read More

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ। त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो । 

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको एमाले संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नगरेपछि उपधारा ३ अनुसार सबै भन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।अघिल्लो वर्ष माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहको एक वर्ष अनुगमन भ्रमण र निरीक्षणमै मुख्य उपलब्धि देखिएको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् ।सुदूरपश्चिम स्वरोजगार कोषबाट १४ सहकारीमार्फत ४६२ जनालाई १० करोड ३० लाख कर्जा, सुदूरपश्चिमको…

Read More

काठमाडौँ : नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले तेस्रो विकेट गुमाएको छ । क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । परगतले पेभेलियन फर्किनुअघि ३८ बलमा ६ चौका हिर्काएका थिए ।  ३१.२ ओभरमा परगत आउट हुँदा क्यानडाले एक सय ७९ रन बनाएको छ ।

Read More

धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका वर्तमान र निवर्तमान अध्यक्षको नाममा पक्राउ पुर्जी जारी भएको छ। संघका वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा र निवर्तमान अध्यक्ष अशोकराज देवकोटाको नाममा पक्राउ पुर्जी जारी भएको हो। अत्तरियामा आयोजना गरिएको महोत्सवमा नक्कली टिकट ठेली प्रकरणमा यसअघि संघकै महासिचव, सचिव, कार्यसमिति सदस्य दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका स्ववियु सभापति गरी चार जनाको नाममा पक्राउ पुर्जी जारी भएर अहिले उनीहरु प्रहरी हिरासतमा छन्। उनीहरु चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देबेन्द्रबहादुर पाललले बताए। तर उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा र निवर्तमान अध्यक्ष अशोकराज देवकोटाको पक्राउ पुर्जीका विषयमा भने एसपी पालले खुलाउन चाहेका छैनन्। ‘पक्राउ परेकाहरुमाथि…

Read More

काठमाडौं: कञ्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीले पत्रकार पुष्कर भट्ट विरुद्धकोआरोप र अभियोग सार्वजनिक गर्न माग गरेका छन् । उनले सामाजिक संजालमा प्रतिक्रिया दिदै प्रहरीले प्रतिशोधपुर्ण कारबाही गरेको भन्दै आरोप पुष्टि गर्न माग गरेका हुन । उनले लेखेका छन : पत्रकार पुष्कर भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रतिशोधपूर्ण कार्वाही गरेको हो भने लडाइँ ठूलै हुनेछ । आरोप र अभियोग तुरुन्त सार्वजनिक गर !पत्रकार भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार बिहान पक्राउ गरेको छ । प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनलाई समातिएको बताइएको छ। पत्रकार भट्टले फेसबुकमा कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापा लगायतका विषयमा लेखेका थिए। सोही विषयको उजुरी…

Read More