Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपालले डडेल्धुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेल्धुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो। झापा प्रधानमन्त्री केपी शर्मा ओली र डडेल्धुरा काँग्रेस सभापति देउवाको गृहजिल्ला हो।  मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ। दुवै पक्षबाट १२ बुँदामा संयुक्त वक्तव्य जारी गरिएकोमा पाँचौं नम्बरमा उक्त विषय अटाएको छ। 

Read More

धनगढी: कैलालीमा गोदाममा लागेको आगो निभाउने क्रममा प्रहरीसहित तीन जना घाइते भएका छन्। मंगलबार राति बर्दगोरिया गाउँपालिका–२ बौनियाका द्धारिकाप्रसाद धमलाको चार तले घरको दुई तले घरमा राखिएको कपडा र इलेक्ट्रोनिक सामानको गोदाममा आगलागी भएको थियो। गोदाममा लागेको आगो निभाउने क्रममा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए। उनकाअनुसार घाइते भएका मध्ये जोशी र प्रहरी जवान मगरको हात तथा मुखमा जलेको छ। स्थानीय अस्पतालमा उपचारपछि सबै जना डिस्चार्ज भइसकेका छन्। आगलागीबाट करीब ७० लाखको क्षति भएको…

Read More

धनगढी: दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो।  घाँस काट्ने क्रममा उनी भीरबाट लडेकी थिइन्। भीरबाट लडेर एक सय ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो। 

Read More

काठमाडौं: नेपाल प्रहरीमा बदनाम भएर विभिन्न काण्ड मच्चाएर पछिल्लो पटक ललितपुरको भैसेपाटी हनि ट्र्याप प्रकरणमा मुछिएपछि निलम्बित भएर अदालतको मुद्दा खेपिरहेकी इन्सपेक्टर बिनुकुमारी शाहीपछि अर्का इन्सपेक्टर विवादमा तानिएका छन्। इन्सपेक्टर शाहीमाथि हनि ट्र्याप गिरोहसँग मिलेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने भन्दै लाखौं असुलेको मुद्दामा पक्राउ पूर्जी जारी भएर संगठित अपराधविरुद्धको कसुरमा मुद्दा नै चलाइएको छ। यद्यपि उनी झन्डै २ महिनादेखि फरार छिन्। यता शाहीपछि एक अर्का प्रहरी निरीक्षक (इन्सपेक्टर) र महिला जवानको लिभिङ टुगेदर काण्डले यतिबेला नेपाल प्रहरीभित्र खैलाबैला मच्चिएको छ। प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा कार्यरत इन्सपेक्टर सञ्जय बुचामाथि एक महिला प्रहरी जवानले यौनशोषणको आरोप लगाएकी छन्। इन्सपेक्टर बुचाले सुरुमा…

Read More

धनगढी: कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणको एक महिना बढी समय बितेको छ। गत महिनाको ८ गते राति घटना घटेकोमा अहिलेसम्म प्रहरीले अनुसन्धान जारी राखेको छ। स्रोतका अनुसार प्रहरीले महिना दिन पछि अनुसन्धानबाट घटनामा क्लु फेला पारेको छ। प्रहरी स्रोतले क्लु फेला परेको र अहिले संकास्पद व्यक्तिको पोलिग्राफ टेष्ट भैरहेको जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी रविन्द्र केसीले पनि घटनाको अनुसन्धान नतिजाउन्मुख रहेको जनाए। घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको छ। सो टोलीले अहिले प्राविधिक रुपमा समेत अनुसन्धान गरिरहेको छ। जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए। जसको नेतृत्व वरिष्ठ…

Read More

धनगढी: नेपाल विद्युत प्राधिरकण धनगढी वितरण केन्द्रले ६० दिनसम्म पनि विद्युतको बक्यौता नबुझाएका ग्राहाकहरुको विद्युत लाइन काट्ने भएको छ। कुल ८० हजार ग्राहाक रहेको केन्द्रले दुई महिना अथात् ६० दिनसम्म बक्यौता नबुझाउने ग्राहकको लाइन काटिने वितरण केन्द्रले जनाएको छ। प्राधिकरणकाअनुसार १० हजार भन्दा बढि बक्यौता बाँकी भएका ग्राहाकहरुको लाइन काटिनेछ भने बक्यौता नबुझाउँदासम्म जोडिने छैन। गत वर्ष प्राधिकरणले ६० दिनसम्म पनि बाँकी बक्यौता नबुझाएका तीन हजार ग्राहाकको लाइन काटेको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरमा हायस दुर्घटना भएको छ। जिल्लाको गुलरियामा इलेक्ट्रिकल हाइस दुर्घटना भएको हो। मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको हाइस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको निसर्ग अस्पताल धनगढी र ४ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाइस राजमार्ग छेउमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। हाइसमा १० जना सवार थिए।

Read More

काठमाडौं: सुदूरपश्चिम घर भएको चन्द दम्पती डीआईजी पदमा पुगेका छन्। नेपाल प्रहरीकी डीआईजी दुर्गा सिंह चन्दका पति गणेश चन्दको एसएसपीबाट बढुवा भएपछि पति-पत्नी नै डीआईजी बनेका हुन्। उसो त नेपाल प्रहरीमा कार्यरत श्रीमान्/ श्रीमती धेरै नै छन्। तर, एउटै संगठनमा काम गरेर उपल्लो तहमा पुग्ने प्रहरी अधिकारी विरलै छन्। यहीँ अपवादको जोडी बनेको छ– दुर्गासिंह चन्द र गणेश चन्द। त्यसो त, श्रीमान् गणेश चन्दभन्दा सिनियर हुन्, दुर्गा सिंह चन्द। २०५१ चैतमा प्रहरी निरीक्षकमा एकै साथ सेवा शुरु गरेका दुर्गा डीएसपी बढुवादेखि श्रीमानलाई पछि पार्दै सिनियर बनेकी थिइन्। उनीहरुको विवाह दुवै प्रहरी निरीक्षक हुँदा २०५६ सालमा भएको हो। डीएसपी बढुवादेखि श्रीमानभन्दा…

Read More

धनगढी: कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री १३ वर्षीया अमृता विकको मृत्यु भएको हो। गौरीगंगा नगरपालिका–९ रजिया बस्ने विक मंगलबार बिहान बसको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: बझाङमा भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बित्थडचिर गाउँपालिका–१ बित्थड खोलाबाट ४१ वर्षीय पूर्णबहादुर बोहरा र ३९ वर्षीय रामबहादुर खड्कालाई पक्राउ गरिएको हो।  उनीहरुको साथबाट एक थान भरूवा बन्दुक बरामद गरिएको बझाङ प्रहरीले जनाएको छ। प्रहरी चौकी बित्थडबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

Read More