धनगढी: कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री १३ वर्षीया अमृता विकको मृत्यु भएको हो।
गौरीगंगा नगरपालिका–९ रजिया बस्ने विक मंगलबार बिहान बसको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box