कञ्चनपुरः कञ्चनपुरमा हायस दुर्घटना भएको छ। जिल्लाको गुलरियामा इलेक्ट्रिकल हाइस दुर्घटना भएको हो।
मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको हाइस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्।
घाइते मध्ये ४ जनाको निसर्ग अस्पताल धनगढी र ४ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाइस राजमार्ग छेउमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। हाइसमा १० जना सवार थिए।
Facebook Comments Box