Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ ।  शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ ।  इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

Read More

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । बेंगलुरुमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरात १० खेलमा ८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । त्यस्तै बेंगलुरु १० खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ । सन् २०२२ मा गुजरात आफ्नो पहिलो सिजनमै विजेता र गएको सिजन उपविजेता बनेको थियो । त्यस्तै बेंगलुरु सन् २०१६, २०११ र २००९ मा उपविजेता बनेको थियो । बेंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन । उसलाई प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा कोलकता…

Read More

काठमाडौ : जापानका विदेशमन्त्री कामिकावा योको भोलि नेपाल भ्रमणमा आउने भएकी छन् ।  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री योको आइतबार नेपालको औपचारिक भ्रमणमा आउन लागेकी हुन् । भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।

Read More

धनगढी: कैलालीको चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरीको प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा आगलागी सम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। हिजो (शुक्रवार) सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ वाहिनी मुख्यालय कैलाली तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा उक्त अभ्यास सम्पन्न भएको हो। वाहिनीका प्रवक्ता एवं एसएसपी रमेश कुमार पाण्डेले कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीको किनारामा उक्त कार्यक्रम आयोजनामा गरिएकोमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशिल कुमार बैद्यको पनि उपस्थिति थियो। उक्त कार्यक्रममा करीब ३०० जनाको उपस्थितिमा आगलागी, मनसुनको सुरुवातसंगै हुनसक्ने जल उत्पन्न प्रकोप (बाढी, पहिरो, डुबान) तथा…

Read More

धनगढीः कैलालीमा खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ का २७ वर्षीय कबिन्द्र बखरिया र गोदावरी नगरपालिका–२ का २३ वर्षीय रोशन गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्र बोहराले बखरियालाई धनगढी उपमहानगरपालिका–७ को देबहरियाबाट एक ग्राम ८३० मिलीग्राम खैरो हेरोईनसहित अनुसन्धान समूहले पक्राउ गरेको जानकारी दिए। उनकाअनुसार बखरियालाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। उनको साथबाट नगद तीन हजार ६ समेत रुपैयाँ पनि बरामद गरिएको छ। यस्तै, गुरुङलाई भने उनकै घरबाट पक्राउ गरिएको हो। उनले फ्रिजमा लुकाएको अवस्थामा एक ग्राम ५४० मिलीग्राम खैरो हेरोईन र १० हजार रुपैयाँ बरामद गरिएको छ।…

Read More

धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएकाे छ। मुख्यमन्त्री साेडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेकाे थिए तर एमालेले साेडारीले हतार गरेकाे भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका थिए । शुक्रबार विश्वासको मत नदिने अडान लिएकाे एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शिर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं गइरहेका छन् । श्रीएयरलाइन्सकाे विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गइरहेको बताए ।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको लागि बोलाइएको छ । यस अघि शुक्रबार बोलाइएको बैठक मुख्यमन्त्री सोडारीको अनुरोधमा आजको लागि सारिएको हो । आज बैठक साढे ५ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको शुक्रबारको बैठक नै स्थगित हुन पुगेको थियो । पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् । सत्तारुढ माओवादी केन्द्रले भने…

Read More

काठमाडौं : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने,“डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।” आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिए । कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताए । उनले देशका सबै पालिकालाई…

Read More

काठमाडौँ : अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।  वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । 

Read More

काठमाडौं : वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ। यद्यपि नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० ३–१ ले गुमाइसकेको छ। श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्‍यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेष्ट इण्डिजलाई सिरिज सुम्पिएको हो। आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप जुन १ देखि २९ तारिखसम्म…

Read More