Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीमा छ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्। सङ्घीयतापछि स्थापना भएको पूर्वाधार विकास कार्यालय कैलालीले हालसम्म जिल्लाका विभिन्न ठाउँमा ती पुल निर्माण गरेको हो। बाह्र करोड ३९ लाखमा निर्माण भएका झोलुङ्गे पुलबाट छ हजारबढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको पूर्वाधार विकास कार्यालय कैलालीका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए। प्रदेश सरकारको लागतमा निर्माण भएका छ वटा पुलमध्ये तीन वटा पुल उपभोक्ता समिति र तीन वटा पुल पूर्वाधार विकास कार्यालयले टेन्डरमार्फत सम्पन्न गरेको उनले बताए। सूचना अधिकारी खड्का अनुसार आव २०७७/७८ मा दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन्। तीमध्ये एउटा पुलले कैलाली र डोटी दुई जिल्लालाई जोडेको छ।…

Read More

अछाम : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ । हिजो समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले कार्यालयबाट प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने जिल्ला खाद्य व्यवस्थापन समितिले निर्णय गरेको हो । हालसम्म प्रतिव्यक्ति २५ केजी बिक्री वितरण हुँदै आएकामा कम्पनीको प्रधान कार्यालय काठमाडौँबाट प्रतिव्यक्ति १० केजी मात्रै वितरण गर्ने भन्ने निर्देशन आएको प्रजिअ पोखरेलले बताए । “प्रतिव्यक्ति १० केजी मात्रै वितरण गर्दा समुदायको न्यूनतम आवश्यकता परिपूर्ति नहुने भएकाले यसअघि दिँदै आइएको प्रतिव्यक्ति २५ किलो वितरण गर्ने निर्णय गरेका छौँ”, उनले भने । प्रजिअ पोखरेलले…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।। दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ : पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको हो। जोशीको घरमा सञ्चालित नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरेको छ। नेचर हब इन्टरनेश्नलको अफिसमा लुकाएर राखेको अवस्थामा पोखरास्थित सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरेको सर्भर बरामद गरिएको छ। पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र पूर्व डीआईजी जोशी व्यापारिक साझेदार हुन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गितेन्द्रबावु (जीबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।

Read More

काठमाडौं : सर्वोच्च अदालतले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरेको छ । बुधबार बसेको सर्वोच्चको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको हो । सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ (ग) लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका कामकारबाही समेत बदर हुने ठहर्छ ।’ सर्वोच्च अदालतको यो फैसलासँगै झापा बिर्तामोडको गिरी बन्धु…

Read More

धनगढी : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भारतिय पक्षले सयौँ बिघा नेपाली भुमि हड्प्न खोजेको भन्दै स्थानियले विरोध गरेका छन् । नेपाल–भारतको संयुक्त टोलिले हराएको पिल्लर खोज्ने बाहानामा नेपाली भुमितर्फ नापजाचँ थालेपछि स्थानियले बिरोध गरेका छन् । माघ ६ गते बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल एसएसबीले हातहतियार सहित सीमा नापजाँच गरिरहेको अवस्थामा स्थानीयले फिर्ता पठाएका थिए । त्यसको केहि दिनपछि उक्त संयुक्त पट्रोलिङ गरेका थिए । करिब दुई हप्तापछि उक्त क्षेत्रमा दुबै देशका सीमा सुरक्षा बलका प्रतिनिधिहरु फेरि सिमाङ्कन गरिरहेकोमा स्थानीयले विरोध जनाएका छन । ‘सशस्त्रलाई जानकारी नगराई करिब १५ दिन अघि नेपालको भूमिमा एकलौटि ढँगले नापनक्सा गरिरहेको अवस्थामा उनिहरुलाई…

Read More

धनगढी : अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटिले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । लुम्बिनी प्रदेशमा आयोजना हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि हुने सुदूरपीश्चमको टिमलाई खेल पोशाक सहयोग गरेको हो । खेलाडी र प्रशिक्षक सहितको टोलीलाई आवश्यक ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायतका पोसाक प्रदान प्रदान गरिएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोज राईले जानकारी दिए ।

Read More

अछामः अछाममा आगलागी हुँदा दुई बालबालीकाको जलेर मृत्यु भएको छ। मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंकीत बुडा र झङ्करे बुढाका नातीनी ६ वर्षीया निरुता बुढाको आगोमा परि मृत्यु भएको हो। खरले छाएको ढुङ्गा र काठको गोठमा आज (बुधवार) ६ बजेतिर आगलागी भएको थियो। उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

धनगढी : काठमाडौँ किर्तिपुर नगरपालिका वडा नम्बर १ कलंकी नापी कार्यालयमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । कलंकी नापी कार्यालयमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । सर्भेक्षक चौलागाई र लेखापढी पोखरेलले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ।

Read More

धनगढी : अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ। उनलाई मंगलवार (हिजो) बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More