धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।
बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो।
यसैबीच, प्रहरीले सोधपुछका लागि भन्दै थप एकजनालाई नियन्त्रणमा लिएको छ। तर, उनको नाम गोप्य राखिएको छ।
घटनास्थलमा रहेको प्रहरीले थप एकजना नियन्त्रणमा लिएर सोधपुछ भैरहेको र जाहेरी दर्ता गर्ने तयारी भैरहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले महेन्द्रनगरपोष्टलाई बताए।
एसपी जोशीका अनुसार, यसअघि प्रहरीले भीमदत्त नगरपालिका-५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो।
पीडितका आफन्तले बिष्टको हत्याको आशंका गरेका छन्। उनको महाकाली अस्पतालमा पोस्टमार्टम भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
यो पनि:
कञ्चनपुरमा सैनिकका पति विष्टको हत्या आशंका, नहरमा बोराभित्र शव (भिडिओसहित)