Author: महेन्द्रनगर पोष्ट

गृहमन्त्री रबि लामिछानेले देशमा नियमविपरीत काम गर्ने समूह वा ब्याक्तिलाई कारवाही गर्न मेरो आदेश नकुर्न आग्रह गरेका छन । जुनसुकै ठाउँमा कुनै ब्याक्ती वा समूहले गैह्रकानुनी काम गरेको, गैह्रकानुनी धन्दा चलाएको गुण्डागर्दी गरेको तस्करी गरेको भएमा मेरो वा कसैको आदेश नकुर्न र कानुन पल्टाएर सिधै कारवाही गर्न अपिल गरेका हुन् । उनले समाजिक संजाल मार्फत गृहमन्त्री लामिछानेले भनेका छन् । “देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र…

Read More

भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् । भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिए।भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका…

Read More

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने छ ।राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिएको छ भने दाहाललाई सत्ता गठबन्धनमा रहेका माओवादीसहित एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।५९ सदस्यीय राष्ट्रियसभामा दाहाललाई माओवादीका उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ सांसदको समर्थन छ । यस्तै, शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक…

Read More

सोमवार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ। पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ। आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ। पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ।’ कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बैठकले सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारमा जानका लागि सत्तापक्ष र विपक्षी दलसँग वार्ता गर्न ३ सदस्यीय कमिटी गठन गरेको छ। पार्टीका संस्थापक उपाध्यक्ष दामोदर पण्डितको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले दुवै पक्षसँग वार्ता गर्नका लागि पण्डितकै संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा केन्द्रीय सदस्य रामलाल थारु र रमेश विश्वकर्मा रहेका छन्। वार्ता टोलीका सदस्य विश्वकर्माले दिएको जानकारी अनुसार पार्टीले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गर्ने र त्यसका लागि सत्तापक्ष र विपक्षी दलहरूसँग वार्ता गर्ने जानकारी दिए। ‘बैठकले सुदूरपश्चिममा मुख्यमन्त्रीको माग राख्ने निर्णय गरेको छ’ सदस्य विश्वकर्माले भने…

Read More

काठमाडौं : सोमबार अपरान्ह्र लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रक विरगन्जबाट धनगढीतर्फ गइरहेको थियो । कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले बर्दियाको चेकपोष्ट कटेपछि कर्णाली पुलमा उक्त ट्रक गुडाइरहेका थिए । ट्रक पछाडि भने आगो सल्किसकेको थियो । तर, उनी बेखबर भएकाले आनन्दसँग ट्रकलाई कैलाली प्रवेश गराइरहेका थिए । त्यो दृश्य पुलमा फोटो खिचेर कमाई गर्ने एक युवकले देखे । स्थानीय पत्रकार रमित पाण्डेका अनुसार उनै फोटोग्राफरले भनेपछि मात्रै ट्रक चालकले आगो सल्किएको भेउ पाएका थिए । त्यसपछि लगत्तै प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीको टोलीले ट्रकमा रहेका स्टाफहरुलाई सकुशल उद्धार…

Read More

धनगढी : सरकारले गण्डकी प्रदेश प्रमुखमा धनगढीका डिल्लीराज भट्टलाई नियुक्तिको लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई गण्डकी प्रदेश प्रमुखको लागि सिफारिस गरेको हो । धनगढी घर भएका भट्ट एमालेका पुराना नेता हुन्। उनी नेकपा एमालेका सल्लाहकार छन् । भट्ट राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए ।

Read More

काठमाडौं : लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । २०१४ टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लागि युनिल श्रेष्ठले १८ र सीता रानामगरले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा टी-२० विश्वकप टोलीका स्यामसुङ जङ थापाले ४, शक्ति गौचन र बद्री पङ्गेनीले २/२ विकेट लिए । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट…

Read More

काठमाडौं : सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, ‘हामीले बर्खास्त गरेको होइनौं पदमुक्त गरेको हौं । प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ । अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौं । कतै विश्वासको मत फिर्ता लिने कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिकरूपमा सहज होस् । केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान होस् भनेर…

Read More

धनगढी : सरकारले सुदूरपश्चिम, गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपति कहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।

Read More