गृहमन्त्री रबि लामिछानेले देशमा नियमविपरीत काम गर्ने समूह वा ब्याक्तिलाई कारवाही गर्न मेरो आदेश नकुर्न आग्रह गरेका छन । जुनसुकै ठाउँमा कुनै ब्याक्ती वा समूहले गैह्रकानुनी काम गरेको, गैह्रकानुनी धन्दा चलाएको गुण्डागर्दी गरेको तस्करी गरेको भएमा मेरो वा कसैको आदेश नकुर्न र कानुन पल्टाएर सिधै कारवाही गर्न अपिल गरेका हुन् । उनले समाजिक संजाल मार्फत गृहमन्त्री लामिछानेले भनेका छन् । “देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!”
Facebook Comments Box