कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानीको विषय अबको संसद्ले टुङ्गो लगाउने बताएका छन्।
घोडाघोडी नगरपालिकाले आयोजना गरेको विजयादशमी दीपावली नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘गोदावरीमा यदि राजधानीमा राजधानी बन्न सक्दैन भने त्यसको विकल्पको रूपमा पनि सदन तयार हुन्छ,’ उनले भने ‘अव आउने सदनमा राजधानीलाई निकास दिन्छौँ।’
राजधानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छलफल भइसकेको उनले बताए।
०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी ताकिएको थियो । तर, अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। मुख्यमन्त्री शाहले अब राजधानीको विषयमा प्रदेश सरकार गम्भीर हुने र तत्काल यस विषयमा निकास दिने बताए।
जग्गा प्राप्ति र ऐन नियमको विषयमा केही समस्यामा भएको भन्दै सरकारले यस विषयमा विकल्प खोज्न थालेको बताए ।गेटा मेडिकल कलेजको विषयमा पनि संघीय सरकारसँग समन्वय र छलफल भइरहेको उनले बताए।