Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम सरकारको एक वर्ष पुरा गरेसँगै अहिले सरकारले आफ्नो कार्य प्रगति सार्वजनिक गरिरहेको छ । मन्त्री धामीको सचिवालयले १९ बुँदे नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसहित भू तथा जलाधार, उद्योग तथा वाणिज्य, पर्यटन, वन क्षेत्रमा गरिएका काम, आयोजना स्थल तथा धार्मिक पर्यटकीय क्षेत्रको अनुगमन भ्रमण, जनसम्पर्क तथा संघीय सरकारसँग छलफलमा रहेका सवालहरूलाई उपलब्धिको रुपमा सार्वजनिक गरेका हुन् । आज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि आफ्नो एक वर्षे उपलब्धिहरू सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले २०८० जेठ ६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी…

Read More

धनगढी : गृह मन्त्रालयले प्रहरी समायोजन समिति गठन गरेको छ । प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा मन्त्रालयले शुक्रबार समिति गठन गरेको हो । मन्त्रालयकै नीति तथा योजना महाशाखाका सहसचिव सहसंयोजक, नेपाल प्रहरीका डिआइजी, मन्त्रालयका उपसचिव सदस्य तथा प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्यसचिव छन् । प्रदेश सरकारहरूको दबाबपछि गृहले समायोजनको काम अघि बढाएको हो । तर, संघीय प्रहरी ऐन भने अझै आउन सकेको छैन ।

Read More

धनगढी : सरकारी जागिर भन्ने बित्तिकै मान्छेहरूको तँछाडमछाड हुन्छ । सीमित सङ्ख्यामा हजारौँ प्रतिस्पर्धाबिच खरो निस्कनु पर्ने हुन्छ । तर बाजुराको एक सरकारी सेवामा भने अचम्म भएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको प्राथमिक तहको नतिजा अनुसार बाजुरामा सरकारी जागिर खाइदिने मान्छे भेटिएका छैनन् । परीक्षा दिने १० मध्ये ९ जना उत्तीर्ण भएका छन् । २७ जनाको माग भए पनि १० जनाले मात्रै आवेदन दिएका थिए । जसमध्ये ९ जना लिखितमा उत्तीर्ण भैइ अन्तरवार्ता लागि छनोट भएका छन् । उनीहरूको जागिर लगभग पक्का भएको छ । यस्तै अन्य जिल्लामा पनि प्राथमिक तहमा फितलो प्रतिस्पर्धा देखिएको छ । इलाममा माग…

Read More

काठमाडौँ : नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा प्रहरी कल्याण कोषबाट २२ हजार ८३३ जनालाई सहयोग गरेको छ । कोषको सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर÷सहिद प्रहरी परिवारका सदस्य लाभान्वित भएका हुन् । नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको केन्द्रीय प्रहरी समाचारमा जनाइएको छ । प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै अघि बढ्ने नीति तथा त्यसबाट प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि हुनका…

Read More

काठमाडौँ : वैदेशिक रोजगारीको लागि अमेरिका र क्यानडा जाने व्यक्तिका लागि बैंक खातामा रकम देखाइदिएबापत आकषर्क ब्याज दिने भन्दै विभिन्न व्यक्तिसँग रकम लिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नरबहादुर दाहाल रहेका प्रहरीले जनाएको छ। दाहालले गएको पुस ४ गते सुरज कुमार लुङगेली मगर समेतको खातामा ४० लाख रुपैयाँ जम्मा गर्न लगाई सो रकम बिभिन्न बैंक खाताहरुमा ट्रान्सफर गरी लिएर फरार भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। उनलाई माघ २६ गते प्रहरीले पक्राउ गरेको हो। दाहालले आफूलाई विभिन्न छद्मभेषधारी नामबाट परिचित गराउने गरेको पाइएको छ। प्रहरीका अनुसार ठगीमा विभिन्न ५ जना व्यक्तिहरूको संलग्नता भएको खुल्न आएको छ।…

Read More

काठमाडौँ : गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजना युवाको ज्यान गएको घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका कारण हुन पुगेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ। बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा उक्त निष्कर्ष निकालेको हो। उक्त आयोगका एकजना सदस्यका अनुसार बालकुमारी क्षेत्रमा युवाहरूको प्रदर्शन भइरहेका बेला भौतिकमन्त्री सरकारी गाडीमा सवार भएर गएकै कारण दुईजना युवकको ज्यान जाने गरी घटना हुन पुगेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ। ‘उक्त घटना भौतिकमन्त्री ज्वाला युवाहरू आन्दोलित भएको क्षेत्र गएकै कारण भएको निष्कर्ष आयोगले निकालेको…

Read More

काठमाडौँ : कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ । गएको केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको हो । कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै कँडेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका हुन् । कँडेलले दर्ता गराएको मुद्दामा शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाइएको छ । दर्ता भएको मुद्दामा…

Read More

धनगढी : दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् । सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको भेटिएको छ । प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई निलम्बन गरिएको छ । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनलाई निलम्बन गरिएको कर्णाली…

Read More

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्। उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध पनि मुद्दा चलाएको थियो। उनलाई पनि अदालतले दोषी ठहर गर्दै तीन महिना कैदसहित ३० हजार रूपैयाँ भराउन र उनीबाट ३० हजार…

Read More

धनगढी : दक्षिण कोरियाका एक जना चर्चित पादरीलाई यौन शोषणको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । सोलस्थित उच्च अदालतले ६७ वर्षीय पादरी चुन कि-वनलाई दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको हो ।  उनीमाथि ६ जना बालिगलाई यौन शोषण गरेको आरोप थियो । त्यसमध्ये पाँच बालिगलाई यौन शोषण गरेको प्रमाण पाइएपछि अदालतले दोषी ठहर गरेको हो । उत्तर कोरियाबाट केहीलाई चोरेर दक्षिण कोरिया ल्याएका चुन देशकै प्रतिष्ठित र चर्चित पादरी मानिन्थे । उनलाई कतिपयले ‘हिरो पादरी’ समेत भन्थे । उनले ३० वर्ष यता हजारभन्दा बढी मानिसको उद्धार गरेको बताइन्छ । उनले विभिन्न शहरमा विद्यालय खोलेर विद्यार्थीहरुलाई निशुल्क शिक्षासमेत…

Read More