धनगढी: कैलालीको धनगढीमा ड्रीमलिंक एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ। हालै धनगढीको मुख्य रोडस्थित निर्माण गेट नजिकै सो ड्रीमलिंक सञ्चालनमा आएको हो।
विद्यार्थीलाई लक्षित गरि उक्त ड्रीमलिंक सञ्चालनमा ल्याइएको सञ्चालक दीपा रावतले बताइन्। उनका अनुसार ड्रीमलिंकले विभिन्न भाषाका तयारी कक्षा, परामर्श एवं दस्तावेजीकरण र भीसा प्रोसेसको काम गर्ने छ।
हाल ड्रीमलिंकले आईएलटिएस, पिटीई, जापनिज, कोरियन लगायतका भाषा सिकाउनेदेखि लिएर युके, अमेरिका, अष्ट्रेलिया, डेनमार्क, माल्टा, न्युजिल्यान्ड, फिनल्यान्ड, जापान र कोरिया लगायतका देशमा विद्यार्थी र जनशक्ति पठाउने गर्दै आएको छ।
ड्रीमलिंकको सुदूरपश्चिमका युवा तथा विद्यार्थीलाई विदेश यात्राका लागि भरपर्दो र धनगढीबाटै सेवा दिएर काठमाडौं जानपर्ने झन्झटबाट मुक्त गराउने उदेश्य रहेको छ।
Facebook Comments Box