Author: महेन्द्रनगर पोष्ट

धनगढी : बाँदर नियन्त्रणका नाममा रूख काट्न पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको निर्णयमा महानगरले रोक लगाएको छ। पोखरा महानगरका कानुन महाशाखा प्रमुख नारायण शर्माले मंगलबार वडाध्यक्ष पाण्डेलाई पत्राचार गर्दै रूख काट्ने निर्णय अबिलम्व बन्द गरी रूख काट्ने कार्य बन्द गर्न भनेका हुन्। कानुन महाशाखा प्रमुख शर्माले पत्राचार गरेलगत्तै वडाध्यक्ष पाण्डेले रूख काट्ने निर्णय महानगरको निर्देशन अनुसार रोक्न आग्रह गरेका छन्। उनले सोमबार सूचना प्रकाशित गर्दै बाँदर नियन्त्रणका लागि रूख बिरूवा काट्न वडाबासीलाई आग्रह गरेका थिए। पोखरा महानगरका मेयर धनराज आचार्यले पनि बाँदर नियन्त्रणका नाममा रूख काट्ने निर्णय नभएको बताएका छन्। उनले रूख काट्ने, फाड्ने जस्ता कुनै पनि निर्णय नभएकाले भ्रममा…

Read More

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निराशा र आक्रोश अरूतिर मात्रै थोपरेर देश विकास नहुने बताएका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आफूले संसदमा बोलेका भाषणहरूको संग्रह विमोचनमा बोल्दै अध्यक्ष ओलीले सकारात्मकताका लागि राष्ट्रिय आत्मविश्वासको खाँचो रहेको बताए। ‘प्रतिबद्धता मात्रै हुँदा हाम्रो देश जसरी पनि बन्ने देश हो। हामी बनाउन सक्छौं। आज पनि राष्ट्रिय आत्मविश्वासकाको खाँचो छ, त्यो कहाँबाट प्राप्त हुन्छ भने व्यक्ति, व्यक्तिमा आत्मविश्वास जगाउन जरूरी हुन्छ। निराशा, आक्रोश, उत्तेजना, दोष अरूतिर मात्रै थोपरेर पुग्दैन। हामी सकारात्मक कुरा के गर्छौं त ?,’ उनले भने। उनले यहाँका युवा विदेश गएर अरू देश बनाउन सक्ने, आफ्नो मुलुक बनाउन नसक्ने…

Read More

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-२ कटौजपानीमा जीप दुर्घटना भएको हो। सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जीप कटौज पानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए। जीपमा सवार दोगडाकेदार- ८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले बताए। उनका अनुसार चालकसहित घाइते सातै जनाको जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ।

Read More

धनगढी : कैलालीमा ३० क्वीन्टल अवैध चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज (मंगलबार) दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट भन्सार छली गरेको चिनी बोकेको सुपप्र०१–००१च३९५७ नम्बरको मालबाहक गाडी नियन्त्रणमा लिएको हो। सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को टोलीले उक्त गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरेको हो। अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध परेको उजुरी फिर्ता भएको छ। बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले हिजो (सोमबार) साउदविरुद्ध उजुरी दिएका थिए। तर, आज (मंगलबार) बोहराले उजुरी फिर्ता लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले बताए। चन्दका अनुसार बोहराले हिजो आफ्नो ज्यान सुरक्षाको माग गर्दै उजुरी दिएका थिए। तर, आज विहान मन्त्री जी र मेरो कुरो मिलिसकेको छ भन्दै प्रहरीमा दर्ता भएको निवेदन फिर्ता लिएका हुन्। दुबै पक्षबिच विवाद मिलिसकेको प्रहरीले जनाएको छ। विहान मन्त्री साउद समेत प्रहरीमा पुगेका थिए। बोहराले आफूले रामारोसन गाउपालिका–६ का विरबहादुर साउदको छोरा ४३ वर्षीय झपटबहादुर साउदले…

Read More

काठमाडौं : चरित्रहत्यासम्बन्धी पहिलेको मुद्दा टुङ्गो नलाग्दै उस्तै मुद्दामा युट्युबर मनोजकुमार महतो उर्फ मनोज मानव फेरि समातिएका छन्। उनीविरुद्ध चरित्रहत्यासम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। अर्की एक महिलाले आफ्नो चरित्रहत्या गरेको उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले महतोलाई मंगलबार बिहान काठमाडौंस्थित घरबाटै पक्राउ गरिएको ब्युरोका एसपी पशुपति रायले बताए। उनका अनुसार, म्याद थप गरी महतोमाथि थप अनुसन्धान गर्न प्रहरीले अदालतसँग आजै अनुमति लिने तयारी गरेको छ। ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल चलाउँदै आएका उनले आफूलाई सामाजिक अभियन्ता भन्ने एक महिलाविरुद्ध शृङ्खलाबद्ध भिडियो बनाएका थिए। यति मात्र होइन, महतोले मध्यराति फोन गरेर अश्लील गालीगलौज गरेको अडियो महिलाले सामाजिक…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सले शिष्टाचार भेटवार्ता गरेका छन्। माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन्। भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले बताए। दुई देशबिचको पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको उनले बताए।

Read More

दार्चुला : दार्चुलामा भन्सार छलीको चामल र चिनी प्रहरीले बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका–४ बसपार्कबाट सोमबार साँझ प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। अवैध चामल र चिनी ओसारपोसार गर्ने ट्याक्टर चालक दुहुँ गाउँपालिका–१ खर्राका उपेन्द्रसिंह धामी र समानका साहु महाकाली नगरपालिका–४ का विनोद पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र सिंहले जानकारी दिए। सिंहका अनुसार ९२ कठ्ठा भारतीय अंगुरी चामल र ३ कठ्ठा चिनी बरामद गरिएको हो। ट्याक्टरमा भन्सार छली गरेर अन्दाजी १ लाख ८४ हजार बराबरको अंगुरी चामल र १० हजार ५ सय रुपैयाँ बराबरको चिनी बरामद गरि आवश्यक कारबाहीको लागि छोटी भन्सार कार्यालयलाई…

Read More

धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको घटनामा गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टका स्वकीय सचिव (पीए) दिलिपकुमार साउँद पनि मुछिएका छन्। साउँद अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत हुन्। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराले टिकट व्यवस्थापनको जिम्मा पाएका थिए। तर, महोत्सवमा नक्कली टिकट ठेली फेला परेको थियो। महोत्सवमा नक्कली टिकट ठेली प्रकरणमा साउँद र महराको हात रहेको भन्दै उनीहरूविरुद्ध किटानी जाहेरी परेको हो। उनीहरुविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयका एसपी देबेन्द्रबहादुर पालको टेबुलमा पुगेपनि दर्ता नभएको हो। स्रोतका अनुसार एसपी पाललाई काँग्रेसकै नेताले किटानी जाहेरी दर्ता नगर्न दबाब दिइरहेका छन्। तर,…

Read More

बझाङ : भारतमा बझाङकी एक महिलाको मृत्यु भएको छ। बझाङकको तल्कोट गाउँपालिका–१ सुनिकोट भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो। सुतेको अवस्थामा राति ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन्। घटनामा घाइते भएका मृतक थापाका छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको पारिवारीक स्रोतले जनाएको छ। मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङ्लोरमा बस्दै आएका थिए।

Read More