Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको आज शुक्रबारको बैठक नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । बैठक सञ्चालन कार्यविधिअनुसार एजेन्डाबारे २४ घण्टा अगाडि लिखित रूपमा जानकारी नदिएकाले प्रक्रिया विपरीतको बैठक बहिष्कार गरिएको २ नम्बर वडाका वडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए । शुक्रबार दिउँसो २ बजे बोलाइएको २४औं कार्यपालिका बैठकका एजेन्डा भनेर समसामयिक विषय र विविध पठाइएको थियो । तर वडाध्यक्ष साउँदले एजेन्डा मूर्त रूपमा नदिई बैठक सञ्चालन गर्नु प्रक्रियाविपरीत रहेको दाबी गरे । माओवादीबाट कृष्णपुरमा ४ वडाध्यक्ष निर्वाचित छन् । ‘बैठक सञ्चालन कार्यविधिअनुसार जानुपर्छ भनेर बहिष्कार गर्‍यौं, अघिल्ला कार्यपालिका बैठकमा उठाएका विषय कार्यान्वयन हुनुपर्छ भन्यौं । बैठकमा चर्काचर्की भयो…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको सरूवा भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डिआइजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन्। उनको काज सरूवा भएको हो। माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भएको थियो। विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको हातपातको घटनापछि चन्द असन्तुष्ट थिए। असन्तुष्ट भएपछि राजीनामा दिएका चन्दलाई आइजिपी बसन्तबहादुर कुँवर र एआइजीहरूले सम्पर्क गरेका थिए। प्रधान कार्यालय मानव स्रोत विभागले उनको राजीनामा फिर्ता गरेको थियो। उनलाई १० दिनका लागि बिदामा बस्न भनेको थियो। त्यसैबीच गृह…

Read More

काठमाडौं : १५ लाख घुससहित पक्राउ परेका बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार बादेविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। वडाध्यक्ष बादे माघ ३ गते १५ लाख घुससहित पक्राउ परेका थिए। उनले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्‍तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारले उनलाई दुई वर्ष ६ महिनादेखि चार वर्षसम्म कैद सजाय माग गरेको छ। यस्तै उक्त बिगो बमोजिमको जरिवाना समेत माग गरेको छ।

Read More

काठमाडौं: गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनदेखि बन्द हुने भएको छ। गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो। कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो।

Read More

काठमाडौं : नेपाली काँग्रेसको काठमाडौं जिल्ला सम्मेलनमा कार्यकर्ताको उपस्थित न्यून रहेपछि सभापति शेरबहादुर देउवाले व्यङ्ग्य गरेका छन्। सभापति देउवाले शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा जिल्ला सम्मेलनको उद्घाटन गर्दै कार्यकर्ता नआएपछि भित्तालाई कुराकानी सुनाउने भन्दै व्यङ्ग्य गरेका हुन्। ‘मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ। एक जना बसेको हुन्छ। धन्यवाद है तपाई मेरो भाषण सुन्न बस्नुभएकोमा भन्छन्,’ देउवाले भने, ‘तर, उ भाषण सुन्न होइन माइक आफूले ल्याएकाले बसेको हुन्छ। हाम्रा साथीहरुको लामो बोल्नुपर्ने छ। कुरा सुनाउनै पर्‍यो। कहिले कहीँ कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। केही छैन त्यो।’ सभापति देउवाले काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई आगामी चुनावमा टिकट दिने भन्दै जिताएर पठाउन आग्रह…

Read More

काठमाडौं : न्याय सेवा आयोगले झण्डै चार दर्जन जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ। आयोगको परीक्षा महाशाखाले आज सूचना प्रकाशित गर्दै ४३ जना जिल्ला न्यायाधीशका लागि दरखास्त मागेको हो।  संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम उक्त पदमा आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारलाई आवेदन दिन भनिएको छ। आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिलातर्फ चार, आदिवासी जनजाति र मधेशीतर्फ दुई-दुई तथा दलित र अपांगतातर्फ एल-एक जनाका लागि दरखास्त खुलेको सूचनामा उल्लेख छ। जिल्ला न्यायाधीश हुनुका लागि संविधानमा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव भएका व्यक्तिलाई आगामी ३०…

Read More

काठमाडौं : अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी अधिकृतले बताए। सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन्। माघ १२ मा अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो। विवादकै क्रममा हातपात भएको थियो। सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो। समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको र निलम्बन गर्न सिफारिस गरेको थियो।

Read More

काठमाडाैं : धोकेबाज गायिका अर्थात् एलिना चौहानको ब्रेकअपको खबर अहिले चर्चामा छ। एलिनाका प्रेमी भनिएका विष्णु सापकोटाले धोका दिएको बताइएको छ। व्रेकअप भएको खबर लगत्तै एलिनाले ‘कट्टा हान्दिन्छु’ बोलको गीत बजारमा ल्याइन्। त्यसपछि उनको व्रेकअपको विषयले झनै चर्चा पायो। तर, एलिनालाई धोका दिइएका भनिएका विष्णु टिकटबाट उदाएकी टिकटकर मिस पविसँग देखिएका छन्। एलिनाका प्रेमी भनिएका बिष्णु अष्ट्रेलियामा छन्। मिस पवि पनि केही दिन यता विदेश भ्रमणमा छन्। सोही क्रममा विष्णु र मिस पवि नजिकिएको बताइएको छ। सार्वजनिक भएको भिडिओमा मिस पवि र विष्णु प्रफुल्लित मुद्रामा देखिएका छन्। कतिपयले विष्णुले एलिनालाइ धोका दिएर मिस पविसँग अफेयरमा रहेको समेत बताएका छन्।

Read More

काठमाडौं : ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो। प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ। कर्तव्य पालनाको सिलसिलामा गाडीको पछाडिबाट लडेर उनको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिए। उनले भने, ‘तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएको थियो, चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे।’ प्रहरीले…

Read More

काठमाडौं: सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साथै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको  महासंघले  जनाएको छ।

Read More