डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको ९औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक भएको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लोगो सार्वजनिक गरेका हुन्। लोगोमा जिल्लाका सातवटै स्थानीय तहको नक्सा, परशुराम धाम र महाकाली नदीलाई समेटिएको छ। अधिवेशन यहीँ फागुन ३० गते परशुराम नगरपालिका-१२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको छ। फागुन अन्तिम साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीमा एक एक १५ वर्षीया किशोरी गर्भवती भएकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ कि १५ वर्षीय किशोरी गर्भवती भएकि हुन्। उनी गर्भवती भएपछि घटनामा संलग्न विरुद्ध मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो। माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो। उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन। किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ। फागुन ७ गते मात्र घटना प्रहरीमा आएको हो। तर, किशोर फरार छन्। चौमाला क्षेत्रका नेताहरुले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोप समेत…
बैतडी–बैतडीमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिँदा चालक घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहँदा माथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर पुरिएको र उक्त स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २६ बर्षीय आनन्द गिरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । मंगलबार दिउँसो सडक खन्ने क्रममा जागृति मुनाल कन्सट्रक्सनको स्काभेटर पहिरोमा पुरिएको हो । पहिरोले स्काभेटर पुरिँदा घाइते भएका चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । गिरीको घाँटी र कम्मरमा चोट रहेको छ…
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा बेहोस अवस्थामा फेला परेका युवकको मृत्युु भएको छ। आज (मंगलबार) आलिताल गाउँपालिका-८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु बिकको मृत्यु भएको हो। बिकको घर डोटीको जोरायल गाउँपालिकाका-१ भानाकोट रहेको बुझिएको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जोगबुढा अस्पतालका इन्चार्ज जितेन्द्र चाैधरीले जानकारी दिए। मृतक बिक ट्याक्टर चालक हुन्। ईलाका प्रहरी कार्यालय जोगबुढाका इन्सपेक्टर गगनसिंह भाटका अनुसार ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए। सहचालकले खबर गरेपछि घटनास्थलबाट एम्बुलेन्समा जोगबुढा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेकाे उनले जानकारी दिए।…
धनगढी: कैलालीको खानीडाँडामा अस्ति ट्रक र खलासीलाई कारबाही गर्न खोज्दा झडप भएको छ। प्रहरीले ओभरलोड रहेको ट्रक र सहचालक (खलासी) लाई नियन्त्रणमा लिएर जरिवाना काट्ने क्रममा विवाद भएर आपसमा झडप भएको हो। झडपका क्रममा खलासी रोशन बिष्ट अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मिनबहादुर रावतसहितका प्रहरीद्वारा कुटिएका हुन्। रावतले धनगढीबाट बाजुरा जाने क्रममा ओभरलोड रहेको ट्रक इन्ट्री गर्ने क्रममा विवाद भएको थियो। त्यहाँ विवादका क्रममा ट्राफिक प्रहरीसहित सादा पोसाकमा नेपाल प्रहरीको टोली थियो। खलासीले इन्ट्री नगर्न नमानेपछि विवाद भएको प्रहरीको भनाई छ। यता, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रावतले भने सो विवाद सामान्य भएको…
धनगढी : लघुवित्तका ऋणीहरु संसद भवनभित्र प्रवेश गरेर नाराबाजीमा उत्रिएपछि सिंहदरबार, बालुवाटार र बानेश्वर क्षेत्रमा सुरक्षा निगरानी बढाईएको छ । निषेधित क्षेत्र घोषणा गरिएको सो क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । बानेश्वर क्षेत्रमा आज ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर त्यहाँ हिंड्न रोक लगाइएको छ भने प्रहरीले चेकजाँच पनि बढाएको छ । हिजो आन्दोलनकारीको एक समूह संसद बैठक चलिरहेका बेला जबर्जस्ती संसद भवनभित्र छिरेको थियो । आज पनि आन्दोलनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्नसक्ने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको…
धनगढी: कैलालीमा एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। हिजो (सोमबार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन्। प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि ती नाबालकले ३ मिनेट करणी गरेको स्वीकार गरेका छन्। उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ। करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो। करणी गर्ने नाबालकलाई हिजै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा पठाइएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो। यसैबीच, प्रहरीले सोधपुछका लागि भन्दै थप एकजनालाई नियन्त्रणमा लिएको छ। तर, उनको नाम गोप्य राखिएको छ। घटनास्थलमा रहेको प्रहरीले थप एकजना नियन्त्रणमा लिएर सोधपुछ भैरहेको र जाहेरी दर्ता गर्ने तयारी भैरहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले महेन्द्रनगरपोष्टलाई बताए। एसपी जोशीका अनुसार, यसअघि प्रहरीले भीमदत्त नगरपालिका-५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। पीडितका आफन्तले बिष्टको हत्याको आशंका गरेका छन्। उनको महाकाली अस्पतालमा…
काठमाडौं : नेपाल नामिबियासँग पराजित भएको छ। त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो। नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए। त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए। नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २-२ विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए। उनले ३३ बलमा…
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीमा ‘मतभेद’ देखिएको छ। आज (मंगलबार)को बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको हो। बैठकमा अध्यक्ष प्रचण्डले भट्टलाई आगामी दिनमा मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए। तर, प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए। खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए। ‘सुदुरपश्चिममा यसअघि भर्खर नेतृत्व परिवर्तन…