Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ। गएराति महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले बताए। उनीसँगै पक्राउ परेका अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ। अरुण चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन्। बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहको निर्णय र प्रतिवेदनको आधारमा १० रोपनी जग्गा निजीकरण भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ।

Read More

डडेल्धुरा : अमरगढी नगरपालिकाकि उपप्रमुख पार्वती झुकालले काठमाडौं बस्ने बुहारीलाई भान्से नियुक्ति गरेको पाइएको छ। उपप्रमुख झुकालले काठमाडौं बस्दै आएकी बुहारी कल्पना बुढाऐर झुकाललाई भान्से नियुक्ति गरेको खुलेको हो। तर, यता उपप्रमुख झुकालले भने उक्त कुरा अस्विकार गरिन्। उनले आफूलाई भान्से आवश्यकता नभएको बताइन्। ‘मलाई भान्से के चाहियो ? पत्रकारहरू गलत गलत लेख्छन्। को पत्रकार सहि लेख्छ र ? कोही एक दुई होलान्,’ उनले भनिन्। उपमेयर झुकालले भान्से राखेको कार्यालय स्रोतले जनाएको छ। स्रोत भन्यो, ‘उहाँले परिवारकै मान्छे राख्नुभएको छ। तर, उहाँ कहाँ हुनुहुन्छ भन्ने जानकारी हामीलाई थाहा छैन।’ स्रोतका अनुसार उनको नाममा मासिक २६ हजार रुपैँयाका दरले नगरपालिकाले तलब…

Read More

कञ्चनपुर : डेढ दशकअघि नदीनाला नियन्त्रण तथा तटबन्ध निर्माणलगायत क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको जनताको तटबन्ध कार्यालयले यहाँका विभिन्न नदीमा तटबन्ध मर्मत तथा नयाँ निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ । महेन्द्रनगरस्थित जनताको तटबन्ध फिल्ड कार्यालयले कञ्चनपुरको महाकाली नदीको तटबन्ध मर्मत एवं केही स्थानमा बस्ती जोगाउन तटबन्ध निर्माण गरिरहेको जनाएको छ । जनताको तटबन्ध कार्यालयका प्रमुख श्रीप्रसाद शाहले महाकाली नदीको झोलु्गे पुलदेखि दक्षिण कुतियाकवरसम्मको महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माण भइरहेको जानकारी दिए । “दोधारा–चादँनी झोलुङ्गे पुलतलमा मर्मतको काम चलिरहेको छ,” प्रमुख शाहले भने,“कुतियाकवरमा पनि दुई सय मिटर नयाँ तटबन्ध निर्माण भइरहेको छ । कुतियाकवर…

Read More

कैलाली : नेपाल चिकित्सक संघ, सुदूरपश्चिम सेती शाखाको सभापतिमा डाक्टर खगेन्द्र भट्ट निर्विरोध निर्वाचित भएका छन्। सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भट्टको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। यस्तै उपसभापतिमा डाक्टर नरबहादुर मौनी, सचीवमा डाक्टर मेराज आलम अन्सारी, कोषाध्यक्षमा डाक्टर रविन्द्रदेव भट्ट, सहसचीवमा जगदीशचन्द्र भट्ट, सहकोषाध्यक्षमा जोनस तिवारी र सदस्यमा डाक्टर विजयविक्रम बम, डाक्टर चेतराज भट्ट, गणेश फुलारा, डाक्टर मोहन नाथ तथा डाक्टर सम्यक शाक्य निर्विरोध निर्वाचित भएका हुन्।

Read More

काठमाडाैं : कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) स्कुल खोल्न सहमति प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन गर्न गृह मन्त्रालयले सहमति प्रदान गरेको हो। यहि माघ १२ गते गृहमन्त्रीस्तरको बैठकबाट उक्त गणले प्रयोग गरिरहेको भन्दा बाहेकको जग्गामा विद्यमान शिक्षा ऐन र शिक्षा नियमावली लगायत प्रचलित कानुनहरुको अधिनमा रहेर स्कुल सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो। स्कुल सञ्चालनका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले पुस २५ गते अनुमति माग्दै गृह मन्त्रालयलाई पत्र लेखेको थियो।

Read More

सिमकोट : छिमेकी जिल्ला बाजुरामा उत्पादन गरिएका डोको, नाम्लोलगायतका सामग्री हुम्ला आयात हुँदै आएका छन्। माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँदयाममा छिमेकी जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको खरिद गरेर यहाँ ल्याएर बिक्री गर्दछन्। हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घरखर्च चलाउन बाजुरामा उत्पादन भएका डोको ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने चलन रहेको छ। टाढाको दुरी तीन दिन लगाएर बाजुरामा पुगी त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युँमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका-७ चौगनफया गाउँका रमेश शाहीले बताए। स्थानीय शाहीले भने, ‘बाजुराको बडिमालिका नगरपालिका-७ ढम्कनेमा उत्पादन गरिएका डोको हुम्लामा बिक्री…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका ७ कलुवापुरबाट ०.८१ ग्राम खैरो हेरोइनसहित सोही ठाँउ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय बिजय राना बिहीबार दिउँसो पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा नसिब रानाको घरबाट खैरो हेरोइन फेला पारी दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कैलालीका स्थानीय तहमा जग्गा नापजाँच गर्ने प्राविधिक जनशक्ति अभाव हुँदा नापजाँचमा समस्या भएको छ ।  कैलालीका १३ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा राष्ट्रिय भूमि आयोगले दक्ष प्राविधिक कर्मचारी खटाएर जग्गाको नापजाँच गरिरहेको  छ । अन्य स्थानीय तहले आफ्नै स्रोतसाधनबाट प्राविधिक कर्मचारी नियुक्त गरेर जग्गा नापजाँच गरिरहेका छन् ।  नापी कार्यालयका प्रमुख जनकराज जोशीले कैलालीमा १७ प्राविधिकमध्ये जिल्लाका पाँच स्थानीय तह कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी र लम्की चुहानगरपालिकामा खटाएर जग्गा नापजाँचको काम भइरहेको जानकारी दिए । नापजाँच भएको जगाको लालपुर्जा वितरणका लागि सरकारले राजस्व निर्धारणको मापदण्ड नतोकेका कारण समस्या भइरहेको गौरीगङ्गा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले गुनासो गरे…

Read More

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र  टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल –४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए। घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही, ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : आइसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ। खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो। सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। २०१७ यू-१९ एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो। अहिले उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन। नेपाललाई पराजित…

Read More