Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। हिजोबाट कुनै विधेयक नै पारित नगरेर सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य गरिएको हो। गत माघ ५ गते सुरु भएको हिउँदे अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चारवटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। यो अवधिमा सरकार गठन र विघटन लिनेबाहेक अन्य कुनै काम हुन नसकेको हो। गत फागुन १७ गते सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको थियो। त्यस्तै माघ २४ गते सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा प्रदेश सभामा सैद्धान्तिक…

Read More

धनगढी: प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले सरकारहरुले ल्याउने आगामी बजेटको सवालमा खबरदारी गर्नुपर्ने बताएका छन्। (आज) शनिबार नमुना युवा संसद् अभ्यास कार्यक्रमको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संघ, सुदूरपश्चिम प्रदेश र स्थानीय सरकारहरुले ल्याउने आगामी बजेटको विषयमा युवाहरुले खबरदारी गर्नुपर्ने जनाए। यस्तै उनले युवाहरुलाई आफ्नो आफ्नो पालिकाको बजेटमा युवाका सवाल सम्बोधनका लागि खबरदारी गर्न आह्वान गरे। बजेटका विषयमा खबरदारी गर्दै युवा, खेलकुद र युवालाई व्यवसाय रोजगारीसँग जोडिनका लागि सरकारले गर्नुपर्ने कुराहरुमा युवाले नै खबरदारी गर्नुपर्ने उनको भनाई छ। धनगढीमा युवा परिषदको आयोजनामा उक्त ४ युवा नमुना संसद् अभ्यास गरिएको थियो। सो कार्यक्रमको आज समापन…

Read More

कैलाली : कैलालीमा हिउँदे बाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो । दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए । गत वर्ष जिल्लाभर ३४ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख तीन हजार चार सय ७१ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार तीन सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनले…

Read More

काठमाडौं : मुलुकभित्र रोजगारी अभावका कारण बिदेसिनेको संख्या क्रमशः उकालो लागिरहेको छ। विदेश रोजगारीका लागि चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा जान ६ लाख बढीले श्रम स्वीकृति लिएको विवरण वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्षको सोही अवधिमा ६ लाख ५६ हजार ६०६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।  विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन्। भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादी पार्टी निकट अधिवक्ता चन्द्रबहादुर शाही सुदूरपश्चिम प्रदेशकाे मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घबहादुर साेडारीले उनलाई मुख्य न्यायाधिवक्तामा सिफारिस गरेकोमा आज उनले सपथ खाएका छन्। शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधीश सुशीलासिंहबाट शाहीले सपथ खाएका हुन्।

Read More

काठमाडौँ : सभामुख देवराज घिमिरेले आज दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो ।  कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

Read More

काठमाडौँ : सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जानकारी दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । लेखकले प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक रहेका र राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको बताए ।उनले यसबारे थप छलफल हुने बताए । लेखकका अनुसार आजको बैठक धेरै लामो समय नबसेर बैठक करिब आधा घण्टा मात्र बसेको थियो । बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन…

Read More

काठमाडौं : लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई चर्चित गायिका देवि घर्तिले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर रहनु भएको छ । गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दहाल र आरोही मल्लको मुख्य अभिनय रहेको छ । सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस्,…

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ । चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने…

Read More

काठमाडौ : लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  लापसे गरेर सवारी चलाइरहेका उनीहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका–३ का २६ वर्षीय सुशील परियार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका–१० का २६ वर्षीय पारस अधिकारी, मधेस प्रदेश ०३–००१ ख ७७…

Read More