Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए। उनीहरूले भोलि फूली लगाउने सम्भावना छ।अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने तयारी थालिएको छ। जसका लागि एसएसपीहरु शक्तिकेन्द्र धाईरहेका छन्। जसमा एसएसपी ओमबहादुर राना अब डीआईजीमा बढुवा हुने एसएसपीको पहिलो नम्बरमा छन्। यस्तै ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, दिलिप देउवा, अरुण पौडेल र गोविन्द थपलिया लगायतमा मुख्य दाबेदार देखिएका छन्। त्यसबाहेक हालै…

Read More

धनगढी: कैलालीमा थुनामुक्त गरिदिन्छु भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ परेका छन्। हिजो (शुक्रबार) साँझको समयमा यसरी घुस खाने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्लाको धनगढी उपमहानगरपालिका–१ बाट लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरादिन्छु भन्दै थुनुवाका परिवारका सदस्यहरुबाट ३९ हजार ५ सय भारु लिने व्यक्ति पक्राउ परेका हुन्। गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, सोही स्थानका २२ वर्षीय रमेश साउँद १९ वर्षीय हर्क साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार तिनीहरूले नक्कली मिसिल र कागजात…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना भएको छ। राज्यमन्त्री बम सवार गाडी आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको हो। भारतको पलियाबाट धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्को गाडीमा ठोकिँएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टका अनुसार बमकी पत्नी कल्पन बम, नेपाल प्रहरीका एसएसपी दिलिपसिंह देउवाकी पत्नी र मन्त्रीका सहयोगी पदम बम सवार गाडी भारतको पलियाबाट फर्किने क्रममा दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोक्किएको हो। दुर्घटनामा उनीहरू घाइते भएको बताइएको छ। उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ। मन्त्री बमले भारत पस्दा सरकारबाट अनुमती लिनुपर्ने…

Read More

बैतडीः डोरी घाँटीमा कस्सिएर बैतडीमा एक १४ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वालेकका खेमराज जोशीका छोरा सन्दीप जोशीको घाँटीमा डोरी कसिएर मृत्यु भएको हो। घर नजिकै साथीहरुसँग डोरी खेल्ने क्रममा डोरी घाँटीमा अल्झिदा घाँटी कसिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले बताएका छन्। उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पाण्डेले बताएका हुन्।

Read More

काठमाडौं: नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकका भान्जालाई कुटपिट गरिएको छ। काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका लेखकका भान्जा रमेश भट्टलाई कुटिएको हो। गुन्डागर्दीमा कहलिँदै आएका संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको लिक्विड लाउञ्जमा भट्टले काभ्रेली समूहको कुटाई खाएका हुन्। प्रहरी स्रोतका अनुसार बैतडीका भट्ट र स्याल ग्रुपबीच विवाद भएर लफडा भएको थियो। भट्ट गृहमन्त्री रमेश लेखकलाई मामा भन्ने गर्दछन्। उनै भट्ट कुटपिटपछि गम्भीर चोट लागेर अस्पताल भर्ना भएका छन्। हिजो राति अबेरसम्म मदिरा पिएर बसेपछि उनीहरूबीच झगडा भएको थियो। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेली समूहका ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका-४ का कुलध्वज लामा, भुम्लु…

Read More

धनगढी: आज बिहानको भूकम्पमा बाजुराका १६ घरमा क्षति पुगेको छ। जगनाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु रहेको ५.२ रेक्टर स्केलको भूकम्पले हालसम्म १६ घरमा क्षति पुगेको विवरण प्राप्त भएपनि मानवीय क्षति नभएको बताइन्छ।  अघिल्लो वर्ष माघ १० गते बाजुरा केन्द्रबिन्दु बनाएर गएको ५ं.९ रेक्टर स्केलको भूकम्पमा चर्किएका घर तथा भवनमा आज क्षति पुगेको हो। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन। गत बैशाखमा पनि बाजुरामा भुईंचालो गएको थियो। पटक पटकका भुईंचालोबाट चर्किएका घरहरुमा आज थप क्षति भएको हो।

Read More

धनगढी: कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका नेता कार्यकर्तालाई  १५औँ महाधिवेशनपछि न्याय हुने आश्वासन दिएका छन्।  सुदूरपश्चिमका नौवटै जिल्लाका नेता-कार्यकर्तासँग अन्तरक्रिया/छलफल गर्दै नेता कोइरालाले पार्टीमा सबैलाई समान र उचित अवसरका लागि लडिरहेको बताएका हुन्।  भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता/कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटका आधारमा पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो गरेका थिए। सुदूरपश्चिमको ३ दिने भ्रमणका क्रममा कोइरालाले उनीहरूलाई आश्वस्त पार्दै भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु। विगतमा तपाईंंहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरूको पीडा म बुझ्छु। अब १५औँ महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर…

Read More

काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। आज भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि कब्जा गरेको हो। सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। १८५ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमलाई स्तब्ध पारेको हो।  एनपीएलको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएको हो। त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो।

Read More

धनगढी: कञ्चनपुरमा सामाजिक सञ्जाल फेसबुकबाट युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको भिजाको प्रलोभजन देखाएर नक्कली विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णु प्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले उनीहरु दुवै जनालाई २५ मंसिरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए। उनकाअनुुसार ठकुल्ला थरकी युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा पारेर ३१ वर्षीय मालीले २३ मंसिरमा महेन्द्रनगरमा विवाह गरेका थिए। नातामा मालीका भिनाजु पर्ने धामीले उनीहरुको विवाह गराउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। तर अमेरिकाको भिजा लागेको र आफू…

Read More

धनगढी: सुदूरपश्चिमको पहाडमा भूकम्प गएको छ। बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा महसुस भएको थियो। यसअघि शुक्रबार मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।  बाजुरामा आज बिहानै गएको भूकम्पका कारण विभिन्न ठाउँमा भौतिक क्षति पुगेको छ। भूकम्पले बाजुरामा कतिपय घर भत्किएका छन्। मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ। बूढीनन्दा नगरपालिकाको कोल्टीमा एक घरमा क्षति पुगेको बाजुरा प्रहरीले जनाएको छ। भूकम्पले…

Read More