Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। आज (शनिवार) बोलन्या थलीको आयोजना,अमेरिकन कर्नर धनगढीको सहकार्यमा र डेनोभो इन्स्टिच्युट अफ ल को प्रायोजनमा धनगढीमा पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिताको प्रथम धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) भएको छ भने द्वितिय सिसिएस ं२ र तृतीय एक्सिस स्कुल भएको हो। कानुनी हाजिरी जवाफ प्रतियोगितामा धनगढीका ११ स्कुलको सहभागिता रहेको थियो। प्रतियोगिताका प्रथम, द्वितिय र तृतीयलाई प्रमाण पत्र , ट्रफी र कानुन सम्बन्धी पुस्तक प्रदान गरिएको आयोजकले जनाएको छ। नेपालको संविधान र संवैधानिक विकास क्रम, विधि शास्त्र,मुलुकी देवानी संहिता र अपराध संहिता २०७४, कक्षा ११ र १२ का…

Read More

धनगढी : स्थगित भएको नेकपा एमाले बझाङ जिल्लाको अधिवेशनको मिति फेरि तोकिएको छ । आज बसेको जिल्ला कमिटिको बैठ्कले आगामी फागुन १ र २ गते झोतामा गर्ने निर्णय गरेको हो । माघ १९ र २० गते हुने भनिएको आठौँ जिल्ला अधिवेशन अन्तिम अवस्थामा नेताहरुले स्थगित गरेका थिए । माघ १८ गते सामान्य बर्षाभएपछि नेताहरुले मौसम प्रतिकुल भएको कारण भन्दै अधिवेशन स्थगित गरेका थिए । तर उनिहरुले गरेको निर्णय आलोकाँचो साबित भएको छ । माघ १९ र २० गते अर्थात हिजो र आज मौसममा कुनै खराबी देखीएन्, दिनभर मौसम सफा रह्यो । जसको कारण नेताहरुले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नु पर्यो…

Read More

धनगढी : नेपाल पुलिस क्लबलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बधाई दिएका छन् । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि महानिरीक्षक कुँवरले बधाई दिएका हुन्। प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब छैटौं सस्करणको च्याम्पियन बनेको छ। कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो।

Read More

धनगढी : मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३/१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त गर्‍यो । यस्तै, पुलिस क्लब तेस्रो भएको छ । आजै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस तेस्रो भएको हो । पुलिसले आर्मीलाई ३–१ ले पराजित गर्‍यो । तेस्रो भएको पुलिसले एक लाख प्राप्त गर्‍यो ।​ सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा…

Read More

धनगढी : डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शनिवार दिउँसो करिब ३ः४५ बजेतिर भालुले आक्रमण गर्दा आदर्श गाउँपालिकाका–२ कुचेडाकी २४ वर्षीया देउसरा बोहरा घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार घर नजिकैको जङ्गलमा घाँस काटिरहेका बेला बोहरालाई भालुले आक्रमण गरेको हो । बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । घाइते बोहरालाई मौवा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् । नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल कांग्रेस भएपनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् । जनताका जनजिविकाका सवालहरु बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले स्वंय कार्यसम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको टिप्पणी गरे । सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनताकेन्द्रित…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका ४ को शिवपुरी धाममा यसवर्ष पनि ११ औं पटक श्रीमद भागवत महायज्ञ हुने भएको छ । शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै धाममा यसवर्ष फागुन २ गतेदेखि ८ गतेसम्म ७ दिनको श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण हुने जानकारी गराएको हो । धाम ब्यवस्थापन समितिले हरेक वर्ष एउटै मिति अथवा फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको छ । धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टले यसको जानकारी दिए । उनले महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा महायज्ञ हुने बताए ।

Read More

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो। आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो। पुलिसका लागि शंकर रानाले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ६२ रनको योगदान दिए। उनले ५ चौका र ४ छक्का हिर्काए । त्यस्तै अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाए। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १…

Read More

काठमाडौं : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत नै बयान लिन थालिएको जानकारी दिए। उनले चार दिन म्याद थप भएकाले त्यही म्याद भित्र रहेर अनुसन्धान भइरहेको पनि बताए। बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन्। अनुसन्धान ब्यूरो (सिआइबीले) तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान…

Read More

धनगढी : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्। डीआईजी चन्दले आज (शनिबार) राजीनामा दिएका हुन्। उनले व्यक्तिगत कारणले राजीनामा दिएको  बताएका छन्। तर, प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ। चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए। चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन्। स्वेच्छिक अवकाशको बाटो नरोजेको भए उनी ३० वर्षे सेवा हद कायमै रहँदा २०८१ चैतसम्म प्रहरीमा रहने थिए। गत साताको विमानस्थलमा प्रहरीले सुरक्षा जाँच गरेको विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो। अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर…

Read More