धनगढी : धनगढीमा पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
आज (शनिवार) बोलन्या थलीको आयोजना,अमेरिकन कर्नर धनगढीको सहकार्यमा र डेनोभो इन्स्टिच्युट अफ ल को प्रायोजनमा धनगढीमा पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगिताको प्रथम धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) भएको छ भने द्वितिय सिसिएस ं२ र तृतीय एक्सिस स्कुल भएको हो।
कानुनी हाजिरी जवाफ प्रतियोगितामा धनगढीका ११ स्कुलको सहभागिता रहेको थियो।
प्रतियोगिताका प्रथम, द्वितिय र तृतीयलाई प्रमाण पत्र , ट्रफी र कानुन सम्बन्धी पुस्तक प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपालको संविधान र संवैधानिक विकास क्रम, विधि शास्त्र,मुलुकी देवानी संहिता र अपराध संहिता २०७४, कक्षा ११ र १२ का अनिवार्य विषयहरू, सामान्य ज्ञान, समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम, र श्रव्य दृश्य सामाग्री प्रतियोगिताका विषयहरू रहेका थिए।