Author: महेन्द्रनगर पोष्ट

धनगढीः भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन्। जनता दल युनाइटेड (जेडीयू) का अध्यक्ष नीतिशले भारतीय जनता दल बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा फर्किने तयारीका लागि राजीनामा दिएको बताइएको छ। भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार बीजेपी र जेडीयू दुवैले आगामी लोकसभा निर्वाचनमा बिहारको सीट बाँडफाँडको सहमति गरिसकेका छन्। नीतिशले आजसमेत गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको आठौं पटक भएको छ। उनले यसअघिको विपक्षी महागठबन्धन ‘इण्डिया’ सँगको सम्बन्ध तोड्दै आगामी निर्वाचनमा पुनः मुख्यमन्त्री बन्ने सम्भावनालाई बलियो बनाएको ठानिएको छ।

Read More

धनगढीः त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको ठाउँमा अन्य प्रहरीलाई डिउटीमा खटाइएको थियो। गृह मन्त्रालयका प्रवक्ता नारायण भटराईका अनुसार ती प्रहरीलाई डिउटीमा खटाइएको छैन। उनले प्रहरीलाई कारबाही गरेको नभई जिम्मेवारी हेरफेर गरेको मात्र बताएका छन्। निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले उनीहरूलाई तीन दिनभित्र कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरीबाटै कर्मचारीहरू असुरक्षित भएको जानकारी गराएका थिए। विमानस्थल अध्यागमन कार्यरत कर्मचारीहरू दुई दिन यता कालो पटी बाँधेर काम गरिरहेका छन्। शुक्रबार दिउँसो अध्यागमन कार्यालयका अधिकृत…

Read More

डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ। आज (आइतबार) एक कार्यक्रमकाबीच काँग्रेस डडेल्धुराले जिल्ला कार्य समिति डडेल्धुराको वेबसाइट सञ्चालनमा ल्याएको हो। वेबसाइटमा काँग्रेस डडेल्धुराको हरेक गतिविधि हेर्न सकिने जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए।

Read More

धनगढी : एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित चलचित्र ‘नमेटिने घाउ’ निर्माण गर्न लागिएको छ । निर्माण पक्षले चलचित्र बनाउन लागेको जानकारी गराएको छ । चलचित्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहनेछ । ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । अभिनेता रमित ढुङ्गानाको निर्देशन रहने चलचित्र ‘नमेटिने घाउ’मा एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने छ । त्यस्तै, सुरवीर पण्डित, सिम्रन खड्कालगायतले पनि अभिनय गर्नेछन् ।

Read More

धनगढी : गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३ ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो । आज अपरान्ह पौने ५ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ गैरहेको ट्रकले ठक्कर दिएको थियो । रचनाले आफ्नो फेसबुक पेजमा गाडिमा केहि क्षति पुगेको र यात्रुहरु सबै सकुशल रहेको जानकारी दिएकी छिन् । गाडीमा रिमाल सहित तीन जना सवार थिए ।

Read More

धनगढीः नेपाल विद्यार्थी संघ, धनगढी नगर कार्यसमितिको आयोजनामा एक दिने सिकलसेल एनिमिया रोग सम्बन्धी जनचेतना तथा अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ। कैलाली र कञ्चनपुरमा थारू समुदायमा देखा पर्ने यो रोगको शनिवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। थारू समुदायलाई लक्षित गरी धनगढी १२ जुगेडाको मुक्तिनाथ विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो। नेविसंघ धनगढीका अध्यक्ष दिपेश बोहराको अध्यक्षता भएको कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य सुमन केसी, कैलालीका अध्यक्ष मनिष कुँवर र हितेश चन्दको सहभागिता रहेको थियो। कार्यक्रममा डाक्टर प्रदिप मिश्र र डाक्टर गणेश फुलाराले सिकलसेल एनिमियाको लक्ष्यण, उपचार विधि, नयाँ पुस्तामा रोग सर्न नपाओस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा चर्चा गरेका थिए। सिकलसेल भएमा रातो…

Read More

धनगढीः नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयअन्तर्गतको दूरसञ्चार कार्यालय, गेटा कैलालीको कवाडी लिलाममा जोगिनलाई नक्कली गोदाम खडा गरेको खुलेको छ। प्रारम्भिक छानबिनमा संलग्न अधिकारीहरूले ठेकेदार कम्पनीले समान पक्राउ परेपछि धनगढीमा नक्कली गोदाम खडा गरेको बताएका हुन्। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले राजस्व छलीको आशंकामा गेटा कार्यालयबाट चलानी भएको सामान बोकेका दुईवटा ट्रक सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिन लगाएका थिए। ती ट्रकमा टेलिकममा राजस्व तिरेर चलानी भएको परिमाणभन्दा झन्डै दोब्बर सामान फेला परेको थियो। बढी परिमाणको सामानको राजस्व एक करोड ६ लाख रुपैयाँ हुन आउँछ। गेटा कार्यालयबाट चलानी गरिएको सामान पक्राउ परेपछि ठेकेदार कम्पनी बीएलएस कन्स्ट्रक्सन काठमाडौंका प्रतिनिधिले बढी परिमाणको सामान…

Read More

धनगढी : दार्चुलामा एक सार्वजनिक कार्यक्रममा मर्यादाक्रम मिचेर प्रमुख जिल्ला अधिकारी किरन जोशीलाई प्रमुख अतिथि बनाइएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले माघ ४ गते आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा मर्यादाक्रम मिचेर उनलाई प्रमुख अतिथि बनाएको हो। नेपाल सरकारले जारी गरेको मर्यादाक्रमअनुसार प्रजिअभन्दा धेरै माथि रहेका जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, गाउँपालिका अध्यक्ष र नगरपालिका उपप्रमुख सहभागी कार्यक्रममा जोशीलाई प्रमुख अतिथि बनाइएको हो। जिल्ला प्रहरी प्रमुख शिवबहादुर सिंहले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेका हुन्। चार महिनाअघि दार्चुला आएका डिएसपी सिंहले शान्ति–सुरक्षामा उल्लेख्य सुधार ल्याएको भन्दै नागरिक सुनुवाइ कार्यक्रममा फूर्तिसमेत लगाए। कार्यक्रममा जिल्ला समन्वय प्रमुख महादेव बडू कश्यप, शैल्यशिखर…

Read More

धनगढीः नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको खातामा अस्वभाविक कारोबार देखिएको छ। जोशीको पछिल्लो तीन वर्षको अस्वाभाविक र शंकास्पद १७ करोड रकम रहेको छ। उनको कारोबार अस्वाभाविक रहेको भन्दै नबिल बैंकले राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइलाई जानकारी गराएको छ। नबिल स्रोतका अनुसार उनको व्यक्तिगत बचत खातामा अस्वाभाविक र शंकास्पद कारोबार देखिएपछि राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइलाई जानकारी गराएको थियो। स्रोतका अनुसार जोशीको खातामा कोरोना महामारीअघि तीन करोड ४४ लाख ८२० रूपैयाँ ३६ पैसा थियो। सन् २०२० मा १ करोड २४ लाख पाँच हजार २५८ रूपैयाँ २० पैसा झिकेपछि १ करोड ७४ लाख २७ हजार ५६५ रूपैयाँ २६ पैसा बाँकी रह्यो।…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक)मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ। अस्पताल निर्माणका लागि एमके वबिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ। सम्झौताअनुसार अस्ताल भवनको तीन ब्लकमा निर्माणकार्य भइरहेको छ। पहिलो र दोस्रो ब्लकमा छत राख्ने कार्यसँगै चिनाइ, प्लाष्टरलगायतको कार्य पूरा भएको छ भने तेस्रो ब्लकमा छत राख्नका लागि सटरिङको कार्य भइरहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए। इन्जिनियर धामीका अनुसार तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा भएको छ। ‘निर्माण…

Read More