Author: महेन्द्रनगर पोष्ट

धनगढी : प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय छन्। उनी प्राय जसो फेसबुकमा स्टाटस लेखिरहन्छन्। उनी आफैंले लगभग २५ वर्ष विताएको प्रहरी सेवाको बारेमा पनि आलोचना गर्न पछि पदैनन्। उनले हिजो (शनिबार) पनि त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटनालाई लिएर प्रहरीको आलोचना गरेका थिए। आभूषणले ३ असार २०५६ बाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई कार्य सुरु गरेका थिए। तर, एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले लगभग २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा १७ वैशाख २०८० मा राजनीमा दिएका थिए। राजीनामा पश्चात् सामाजिक…

Read More

काठमाडौं : नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Read More

काठमाडौं : नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवाको माघ २१ गते बिहे हुँदैछ। देउवा तथा आरजु राणा (देउवा) पुत्र जयवीरको सञ्जीव भक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठको छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो। बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ। बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ। देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ। जसअनुसार निम्तालुलाई साँझ…

Read More

कञ्चनपुर : नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने बताएका छन्। हिजाे कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि छिट्टै बोलपत्र आह्वान हुने बताए। “सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबिच अन्तिम सम्झौता भइसकेको छ”, नेता लेखकले भने, “दुई–तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माण अगाडि बढाउँछौँ।” त्यसैगरी उनले डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीनसम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको बताए। “यस वर्ष कञ्चनपुरबाट डडेल्धुराको जोगबुढासम्म ट्रयाक खोल्न सफल भएका छौँ”, उनले भने, “आउँदो प्रत्येक वर्ष एक–एक जिल्ला हुँदै महाकाली…

Read More

काठमाडाैं :  शुक्रबार माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर बहुमतको निर्णयले मानबहादुर धामीलाई दलको नेता बनाएसँगै पार्टीको किचलो छताछुल्ल भएको छ। एक पक्षले प्रदेश संसदीय दलको नेता परिवर्तन गरे लगत्तै उक्त निर्णय तत्काल सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ। देश अध्यक्ष हरिराम चौधरी(उत्सव) को अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णय समेत परिपत्र गरिएको छ। परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको…

Read More

कञ्चनपुर : व्यावसायिक तरकारी खेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारी खेती गर्नमा सघाउ पुर्‍याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत रु तीन लाख बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो । “व्यावसायिक तरकारी खेतीमा संलग्न तत्काल प्लास्टिक टनेल निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएका छौँ”, वडाध्यक्ष बाबुराम चौधरीले भने, “टनेल माग गरेका अन्य ९९ जनालाई पनि प्राथमिकतामा राखेर कार्यक्रममा समेट्छौँ ।” त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने उनले बताए । नगरपालिको वडा नं ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा रहेको…

Read More

डोटी : खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ। अछामको साँफेबगर नगरपालिका- १४ मा पर्ने दुनि पातलकोटस्थित पाटे वनमा एक थान बन्दुकसहित एक जनालाई पक्राउ गरिएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले जानकारी दिए। ती व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान हुने र अवैध हातहतियार लिएर रातको समयमा जङ्गल प्रवेश गरेकोले हातहतियार तथा खरखजाना सम्बन्धी ऐन बमोजिम अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइने वार्डेन पौडेलले जानकारी दिए।

Read More

धनगढी: सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) भित्र किचलो देखिएको छ। हिजो (शुक्रबार) माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर बहुमतको निर्णयले मानबहादुर धामीलाई दलको नेता बनाएसँगै पार्टीको किचलो छताछुल्ल भएको हो। पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेताबाट हटाइएको निर्णयले पार्टीका नेताहरु पनि विभाजित भएका छन्। केही नेताहरुले बहुमतबट दलको नेता फेर्ने निर्णय पार्टी हितमा नरहेको भन्दै आलोचना गरेका छन् भने एकथरी नेताहरुले निर्णयको स्वागत गरेका छन्। पार्टीका प्रदेश कमिटी सचिव जनक बुढाले नै सो निर्णयका कारण पार्टीका नेता तथा कार्यकर्तामा निराशा र आक्रोश पैदा भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पनि पार्टीको हितविपरीत निर्णय गरेर…

Read More

दोधारा चाँदनी : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताए । ‘शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ ।’ उनले भने, ‘हात्तीलाई परिचलान गर्न एक महिनाअघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।’ उनले हाल निकुञ्जमा…

Read More

कैलाली: कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।  यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ । सहकारीले काठमाडौँको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए।  केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ । रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका–८…

Read More