Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बिरामी भएर वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन् । बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ । शनिबार उद्योगमन्त्री भण्डारीले भेटेर चन्दको स्वास्थ्य लाभको कामना गरे । पूर्वप्रधानमन्त्री चन्द र भण्डारी एकै जिल्ला बैतडीका बासिन्दा हुन् । उद्योगमन्त्री भण्डारीले चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका विषयमा सुझाव लिन निवासमै आउने समेत बताएका छन् । उद्योगमन्त्री भण्डारीसँगै नेकपा एमालेका सुदूपश्चिम प्रदेश…

Read More

काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन्। कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्। यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत आम निर्वाचनमा सिन्धुली-१ बाट निर्वाचित भएका थिए।

Read More

काठमाडौं: दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ। झण्डै तीन घण्टादेखि पसिना आएपछि मन्दिरमा पूजापाठ शुरु गरिएको छ। भीमेश्वरको शिलामा पसिना आउनुलाई धार्मिक हिसाबले मुलुकमा अनिष्टको सूचकका रुपमा हेरिने जनविश्वास छ। पौने २ बजेदेखि पसिना आउन थालेपछि जिल्लास्थित सुरक्षा निकायका प्रमुख, गुठियारहरु पूजापाठमा संलग्न भएको बताइन्छ। यस्तो अवस्थामा राष्ट्र प्रमुख र संघीय सरकारले क्षमापूजा पठाउने चलन छ। भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठका अनुसार शिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ।  पसिना हेर्न र पूजापाठ गर्न सर्वसाधारणको घुईंचो लागेको छ। उनीहरुले वरपरका घण्टहरु बजाएका छन्। पसिना आउन थालेपछि शिलामा चमक देखिएको स्थानीयले बताए।

Read More

काठमाडौं: जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहरा पाँच महिनामै तानिएका छन्। एसपी बोहरा कर्णाली ट्राफिक कार्यालय सुर्खेतमा सरूवा भएका हुन्। पाँच महिनामै तानिएका एसपी बोहराले कांग्रेस र एमालेका कार्यकर्तालाई अनाहकमा दुःख दिने गरेको आरोप लाग्दै आएको थियो। एसपी बोहरा पूर्वगृहमन्त्री रवि लामिछानेका स्वकिय सचिव दिपक बोहरा निकट मानिन्छन्। उनै दिपकको निर्देशनमा काम गर्दै आइरहेको कांग्रेस र एमालेका कार्यकर्ताको आरोप छ। अब उनको स्थानमा प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीको सरुवा भएको छ। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धानमा आयोग र जिल्ला प्रहरी कार्यालय बर्दियामा काम गरिसकेका अफिसर हुन्। त्यसैगरी एसपी रमेश थापाको अन्वेषण योजना निर्देशनालय, हरीहरनाथ…

Read More

काठमाडाैं: नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो।​​

Read More

डडेल्धुरा: डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भीमबहादुर कठायत बिहीबार पक्राउ परेका हुन्। उनले किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले कठायतलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीमा खोलाले बगाएर एक युवती बेपत्ता भएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बम शनिबार माईतीघरबाट फर्किने क्रममा सुपली खोला तर्ने क्रममा बगेको प्रहरीले जनाएको छ। उनलाई उक्त खोलाले बगाएर ठूलीगाडमा बेपत्ता पारेको छ। इलाका प्रहरी कार्यालय पण्डौनबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने बिनोद रानाका साढे ४ वर्षीया छोरी अनाया रानाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आफ्नै घर आगनमा खेल्ने क्रममा नजिकै रहेको पानीको खाल्टोमा डुबेर बेहोस् भएकी थिइन्। तत्काल आफन्तले उपचारको लागि सेती प्रादेशिक अस्पताल…

Read More

धनगढीः श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपाली ब्याट्र सम्झना खड्काले अर्धशतक बनाएकी छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको पहिलो अर्धशतक हो। यूएईले दिएको एक सय १६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीकी ओपनर ब्याट्र सम्झनाले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन्। यस क्रममा उनले आठवटा चौका पनि प्रहार गरिन्। २४ वर्षीया सम्झनाका लागि यो १७औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो। अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि उनको उच्च स्कोर अविजित ३६ रन थियो। महिला एसिया कप क्रिकेटमा नेपाललाई यसअघि ५० रनको स्कोरमाथि पुग्नु नै धौधौ पर्दै आएको थियो। यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोग्दा ६ पटक ५०…

Read More

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योगदान रहेको बताएका छन्। सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताए। गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए। सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको गृहमन्त्री लेखकको भनाइ छ। २३ वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको…

Read More

धनगढी : सेनाका एक जना लेफ्टिनेन्ट कर्णेल सुदिप अर्याल अनिवार्य तालिममा सहभागी नभए पनि बिचौलियाको काम गर्दागर्दै बढुवा भएका छन् । मेजरबाट कर्णेल बन्न सिएससी तालिम अनिवार्य छ । ‘गणपति बन्न ‘इन्ट्रान्स एक्जाम’ लिइन्छ,तर त्यो नलिई माथि उकालिने यिनी दुर्लभ प्राणी हुन्,’जंगी अड्डा स्रोतले भन्यो । अर्याल चार पछिला र तीन पुराना प्रधानसेनापतिको कार्यकालदेखि रक्षा मन्त्रालयमा समन्वयकारीको जिम्मा लिएर कुदिरहेका छन् । हालै नियुक्त एकजना वरिष्ठ मन्त्रीलाई उनी असार तेस्रो सातासम्म भैंसेपाटी क्षेत्रमा मर्निंग वाक गर्दै भेगीय नाताले ‘मामा’ सम्बोधन गर्थे । उनी स्याङ्जाको जैसीडाँडाका अर्याल हुन् । नयाँ मन्त्रिमण्डलमा भएको रक्षामन्त्री परिवर्तनलाई समेत उनकै प्रभावसँग जोडेर विश्लेषण गरिएको छ…

Read More