काठमाडौं: दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ। झण्डै तीन घण्टादेखि पसिना आएपछि मन्दिरमा पूजापाठ शुरु गरिएको छ।
भीमेश्वरको शिलामा पसिना आउनुलाई धार्मिक हिसाबले मुलुकमा अनिष्टको सूचकका रुपमा हेरिने जनविश्वास छ। पौने २ बजेदेखि पसिना आउन थालेपछि जिल्लास्थित सुरक्षा निकायका प्रमुख, गुठियारहरु पूजापाठमा संलग्न भएको बताइन्छ।
यस्तो अवस्थामा राष्ट्र प्रमुख र संघीय सरकारले क्षमापूजा पठाउने चलन छ। भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठका अनुसार शिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ।
पसिना हेर्न र पूजापाठ गर्न सर्वसाधारणको घुईंचो लागेको छ। उनीहरुले वरपरका घण्टहरु बजाएका छन्। पसिना आउन थालेपछि शिलामा चमक देखिएको स्थानीयले बताए।
Facebook Comments Box