Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा ४ लाख बढीका सामान बरामद गरिएको छ। हिजो (आइतबार) कैलाली जिल्लाको विभिन्न स्थानबाट ४ लाख ४१ हजार २ सय ३० मूल्य बराबरको समान प्रहरीले बरामद गरेको हो। धनगढी उपमहानगरपालिका–२ पुरानो सब्जीमण्डीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार बराबरको प्याज, धनगढी–३ त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी ८५ हजार २ सय ३० मूल्य बराबरको चिनी, पास्ता, माछा, नरिवल, जिरा, मिठाई, बिष्कुट, ललिपप, मटर दाना लगायतका सामान बरामद गरिएको छ। धनगढी–७ राम भगवत चोकबाट अन्दाजी २५ हजार मूल्य बराबरको प्याज र भजनी नगरपालिका–२ पल्टिपुरबाट अन्दाजी ३ लाख २६ हजार मूल्य बराबरको साडी, धोती, थान कपडा, मोटरसाईकल १ थान…

Read More

काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।

Read More

धनगढी : कैलालीमा प्रहरीले एक थान सानो व्यवारिसे एयर गन फेला पारेको छ। जिल्लाको भजनी नगरपालिका–२ कटानपुरस्थित वनदेवी सामुदायिक वन भित्र नपट्किने व्यवारिसे एयर गन फेला पारेको हो। हिजो (आइतबार) सुदूरपश्चिरम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) को टोलीले व्यवारिसे एयर गन फेला पारेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उक्त एयर गन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा जिल्लास्तरिय खुल्ला टि–२० रोशन मेमोरियल कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। किङ्गस् युथ क्लबको आयोजनामा अमरगढी नगरपालिका–३ स्थित रामलिला मैदानमा पर्सी(बुधबार)बाट उक्त प्रतियोगिता हुन लागेको हो। स्वर्गीय रोशन घिमिरेको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजकमध्येका एक शुनिल तामाङले जानकारी दिए। प्रतियोगिताको विजेतालाई ४५ हजार र उपविजेताले २५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकमध्येका अर्का गणेश देउवाले जानकारी दिए। प्रतियोगितामा १० टिमसम्म सहभागी हुने उनले बताएका छन्। प्रतियोगिता सञ्चालन गर्न धेरैजनाबाट सहयोग प्राप्त भइरहेको समेत उनले जानकारी दिए। २०६८ पुस २ गते दार्चुलामा भएको बस दुर्घटनामा देहान्त भएका स्वर्गिय रोशनको स्मृतिमा धेरै पहिलेसम्म क्रिकेट…

Read More

कैलाली : गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।  चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ । “एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ”, किसान पर्शु धामीको भनाइ छ, “एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन । भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ ।” घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको गत पुसमा एक वर्ष पूरा भयो । यस अवधिमा प्रदेशसभाको पहिलो र दोस्रो अधिवेशन सम्पन्न भइसकेको भए पनि नयाँ कानुन भने निर्माण हुन सकेन । यस अवधिमा प्रदेशसभाले दुई वटा कानुन संशोधन गरेको छ ।  प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले एक वर्षमा प्रदेशसभाले सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन र सुदूरपश्चिम आर्थिक ऐन संशोधन गर्नुबाहेक नयाँ कुनै कानुन नबनाएको जानकारी दिए ।  प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा ६७ कानुन निर्माण गरेको थियो । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था हो । यसले तोकिएको…

Read More

काठमाडौं : उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ । कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।

Read More

बैतडी : बैतडीमा जंगली बँदेलको  अक्रमणबाट दुई  जना घाइते  भएका छन्। जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका ३२ वर्षीय ओम प्रकाश जोशी  र सोही वडा घाङल बस्ने मने दयालकी ९ वर्षीया छोरी करिस्मा दयाल बँदेलकाको अक्रमणबाट घाइते भएका हुन्। आइतबार दिउँसो घरमै बसिरहेका जोशीमाथि बँदेलले आक्रमण गरी घाइते बनाएको हो, भने बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो। बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट छ। घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।   पछिल्लो समय बँदेल आक्रमणका कारण जिल्लामा त्रासको वातावरण छ।

Read More

बाजुरा : बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका-५ की ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो। गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाइते भएकी थिइन्। उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाइते भएकी थिइन्।  

Read More

काठमाडौं : भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ। समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू पुगेका छन्। यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्। प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन्। बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ। बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्। रामको मूर्तिको प्राण–प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ। प्राण–प्रतिष्ठाका लागि ८४ सेकेन्डको अति सूक्ष्म मुहूर्त हुनेछ।

Read More