काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदी बुधबार १३६५ रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments Box