Author: महेन्द्रनगर पोष्ट

डोटी : खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ। अछामको साँफेबगर नगरपालिका- १४ मा पर्ने दुनि पातलकोटस्थित पाटे वनमा एक थान बन्दुकसहित एक जनालाई पक्राउ गरिएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले जानकारी दिए। ती व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान हुने र अवैध हातहतियार लिएर रातको समयमा जङ्गल प्रवेश गरेकोले हातहतियार तथा खरखजाना सम्बन्धी ऐन बमोजिम अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइने वार्डेन पौडेलले जानकारी दिए।

Read More

धनगढी: सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) भित्र किचलो देखिएको छ। हिजो (शुक्रबार) माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर बहुमतको निर्णयले मानबहादुर धामीलाई दलको नेता बनाएसँगै पार्टीको किचलो छताछुल्ल भएको हो। पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेताबाट हटाइएको निर्णयले पार्टीका नेताहरु पनि विभाजित भएका छन्। केही नेताहरुले बहुमतबट दलको नेता फेर्ने निर्णय पार्टी हितमा नरहेको भन्दै आलोचना गरेका छन् भने एकथरी नेताहरुले निर्णयको स्वागत गरेका छन्। पार्टीका प्रदेश कमिटी सचिव जनक बुढाले नै सो निर्णयका कारण पार्टीका नेता तथा कार्यकर्तामा निराशा र आक्रोश पैदा भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पनि पार्टीको हितविपरीत निर्णय गरेर…

Read More

दोधारा चाँदनी : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताए । ‘शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ ।’ उनले भने, ‘हात्तीलाई परिचलान गर्न एक महिनाअघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।’ उनले हाल निकुञ्जमा…

Read More

कैलाली: कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।  यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ । सहकारीले काठमाडौँको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए।  केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ । रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका–८…

Read More

डोटीः डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। शनिबार दिउँसो चितुवाले आक्रमण गर्दा पूर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौकी ५२ वर्षीया मैना देवी तिरुवा घाइते भएकी हुन्। जङ्गलमा बाख्रा चराउन गएको बेला तिरुवालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी निरीक्षक सिताराम विष्टले बताए। चितुवाले उनको खुट्टाको घुँडामुनी टोकेको छ। घाइते तिरुवालाई जिल्ला अस्पताल डोटीमा खोप नभएपछि धनगढी रिफर गरेको प्रवक्ता विष्टले बताए।

Read More

कञ्चनपुर : कञ्चनपुरमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने ५ कृषकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु बोकेका ट्याक्टर रोक्ने ५ जनालाई प्रहरी पक्राउ गरेको हो। बेलौरी नगरपालिका -१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राति केही स्थानीयहरुले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए। ट्याक्टर ट्रली रोकिएपछि स्थानीय ५ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ। मिलको गेटमा आएका ट्याक्टर ट्रली रोकेपछी सोधपुछ गर्न उनीहरूलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुवरले बताए। किसान पक्राउ परेपछि आक्रोशित आफन्तले अहिले मिलको प्रवेश गेटमा ताला लगाएका छन्

Read More

डोटी : डोटीका एक वडाअध्यक्षले आफैं एम्बुलेन्स चलाएर बिरामीलाई कैलालीको धनगढी पुर्‍याएका छन्। दिपायल सिलगढी नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष राजेन्द्र खड्का शनिबार एक बिरामी बालक लिएर राजपुरबाट धनगढीस्थित माया मेट्राे अस्पताल पुगेका हुन्। एम्बुलेन्स चालक तालिममा गएकाले खड्काले एम्बुलेन्स हाँकेर बिरामीलाई सेवा दिएको स्थानीय तुलाराम भुलले बताएका छन्। करिब ३ महिनाको शिशुको उपचार महाकाली मेडिकलमा उपचार सम्भव नभएपछि माया मेट्राे लैजानुपरेको वडा अध्यक्ष खड्काले बताएका छन्। कडा खालको निमोनियाले स्वासप्रश्वासमा शिशुमा गम्भीर समस्या आएको थियो। त्यसैले अक्सिजन दिएर शिशुलाई महाकाली मेडिकलबाट लगिएको उनले बताए।

Read More

बझाङः बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–४ आम्पाटामा विपरित दिशाबाट आइरहेको ट्याक्टरलाई साइड दिनेक्रममा मोटरसाइकल दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा जयपृथ्वी नगरपालिका–३ पडेशका २३ वर्षीय चालक शुशिल खड्का र मोटरसाइकल पछाडि सवार सोहि ठाउँका ३६ वर्षीय किशोर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका–३ पडेशतर्फ गइरहेको लु ११ प ६४९७ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आइरहेको ट्याक्टरलाई साइड दिनेक्रममा सडकबाट करिब १५० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको हो। घाइते दुवै जनाको जिल्ला अस्पताल सिमखेत उपचार भइरहेको छ।

Read More

काठमाडौं : भिजिट भिसाको सेटिङमा नेपालीलाई विदेश पठाउने कार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै लागेको पाइएको छ। थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप ७ कर्मचारीको संलग्न रहेको खुलेको छ। जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। स्रोतका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले ९ माघमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । संलग्न थप कर्मचारीको खोजी सुरु भइसकेको छ ।ल

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।। राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More