काठमाडौं : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरभित्रको बेथिति र विवादबारे छानबिन थालिएको छ। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम, धनगढीले एसएसपी प्रज्वल महर्जनको नेतृत्वको ४ जनाको टोलीले छानबिन थालेको हो।
तत्कालीन समयमा एसपी कमल थापा कञ्चनपुर प्रहरीको प्रमुख हुदाँ महेन्द्रनगरपोष्टले त्यहाँ उनी आफू विवादित हुनेदेखि कार्यालयभित्रका अनेकन विवादका घटनाहरु बाहिर ल्याएको थियो।
जसक्रममा एसपी थापाले मुद्दा शाखा प्रमुख बनाएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु कुमारी शाहीले थुनाकक्षमा प्रहरी जवानलाई टर्चर दिएकोदेखि एसपी थापा आफैंले तस्कर, विवादित व्यापारीसँग साँठगाँठ गरेको समेत खुलेको थियो।
तत्कालीन समयमा एसपी थापाले सिनियरलाई जिम्मेवारी दिनुपर्नेमा जुनिएर बिनुलाई मुद्दा शाखामा राखेको, एक महिला हवल्दारलाई दुस्ख दिएको लगायतका घटनाहरु सतहमा आएका थिए। तर, ती घटनाका सवालमा एसपी थापाले इन्कारी बयान दिने गरेका थिए।
यस्तै विभिन्न आन्तरिक विवाद सतहमा आएर एसपी थापा र इन्सपेक्टर बिनु मुछिएपछि छानबिन लागि टोली खटाईएको हो। स्रोतका अनुसार इन्सपेक्टर बिनु र सरुवा भएका तत्कालीन एसपी थापाको विषयमा टोलीले छानबिन जारी राखेको छ। छानबिन सकेर टोलीले नयाँ आएका एसपीलाई कारबाही तथा गल्ती सच्च्याउन परिपत्र गर्ने जनाइएको छ।
बिनु पटकपटक विवादमा आउने प्रहरी निरीक्षक हुन्। पहिले एकचोटि उनी हिरासतको विषय जोडिएको घटनामा विवादित बनेकी थिइन्। त्यस्तै उनी पत्रकारलाई अनावश्यक धरपकड गरेको भन्दै प्रहरी हेडक्वाटरको पत्रले स्पष्टीकरण लेखिसकेकी प्रहरी निरीक्षक हुन्।
त्यसबेला उनलाई कारबाही हुनुपर्नेमा एसपी थापाले घटना सामसुम पारेका थिए। त्यतिमात्र होईन, पछिल्लोपटक एसपी थापाले उनलाई बचाउन मिडिया ट्रायलसमेत गरेका थिए।
त्यसपछि हालै एसपी थापाले सरुवा भई जाने बेला पनि थुनाभित्र यातना दिने, मुद्दा शाखा लगायत प्रहरीभित्रका बेथितीबारे निरन्तर समाचार प्रकाशन/प्रसारण भएकै बेला फेसबुकमा स्टाटस लेखेको भन्दै कञ्चनपुरका दुई पत्रकारलाई मुद्दा चलाई पक्राउ समेत गरेका थिए। अहिले भने ती पत्रकार अदालतको मुद्दा खेप्नेगरी छुटिसकेका छन्।
कञ्चनपुर प्रहरी प्रमुखका रुपमा कार्यरत हुँदा ‘विवादित’ छवि बनाएका एसपी थापाको हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा सरुवा भएको थियो।
उनको स्थानमा लागूऔषध नियन्त्रण ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँका चक्रराज जोशी आएका छन्। थापाले भद्रगोल पारेको जिल्लामा जोशीलाई पनि काम गर्न निकै चुनौती देखिन्छ।
र, यो पनि !
एसपी थापाको कञ्चनपुर बसाइँ दु:खद, दिए यस्तो भाषण !
कञ्चनपुरका ‘विवादित’ एसपी थापाको सरुवा, जोशी आउँदै
कञ्चनपुरका एसपी थापाः जहाँ गयो त्यहीँ ‘विवादित’ !
सिनियरलाई ‘साइड’ लगाएर ‘फ्रेस’ बिनुलाई मुद्दाफाँटको जिम्मेवारी
कञ्चनपुरमा महिला हवल्दारमाथि हातपात, इन्सपेक्टर बिनुले केरकार गर्दा एसपीको संरक्षण
इन्सपेक्टर ‘बिनु’को ज्यादती भएपछि जवानको ‘रिजाइन्’
महिला हवल्दारलाई रुवाउने ‘स्कोरपियो’ चढ्थे एसपी थापा, ‘विवादित’ उद्योगी चन्दसँग साँठगाँठ !
एसपी थापाको ‘स्टन्ट’ले सीमामा समस्या
कञ्चनपुरकी ‘विवादित’ इन्सपेक्टर बिनु पहिले पनि परेकी थिइन् कारबाहीमा
कञ्चनपुरमा ‘विवादित’ इन्सपेक्टरबारे सीडिओ कार्यालयमा उजुरी
एसपी थापाको एरियामा खुलेआम तस्करी, सेटिङ्मै मिटिङदेखि धम्कीसम्म
आइपीएसको ट्रेनिङमा जान नपाएको भन्दै इन्सपेक्टर बिनुले झोक्किएर विरोध गर्दा…
दादागिरी गरेको भन्दै कञ्चनपुरका पत्रकारले मागे एसपीको सरुवा
…अनि मध्यराति ‘कस्टडी’बाट पत्रकार घरतिर
‘विवादित’ इन्सपेक्टर बिनुको समाचार लेख्नेलाई कारबाही गर्ने कञ्चनपुर प्रहरीको चेतावनी
कञ्चनपुर प्रहरीको कस्टडीभित्रै छिर्छ अवैध सामान, प्रहरी के हेरेर बस्छ ?
कञ्चनपुरकी ‘विवादित’ इन्सपेक्टर बिनु भन्छिन्: रमाइलो लाग्यो !
कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा, इन्सपेक्टर बिनुको गोलमटोल जवाफ
कञ्चनपुरमा पत्रकार कुट्ने यी ३ इन्सपेक्टर र एक असई कारबाहीमा