धनगढी : कञ्चनपुरको प्रहरी प्रमुखका रूपमा कार्यरत ‘विवादित’ छविका एसपी कमल थापाले कञ्चनपुर बसाइँ दुःखद भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित बिदाइ समारोहमा बोल्दै एसपी थापाले उक्त कुरा बताएका हुन्।
उनले स्थानीय मान्छेहरू आफूहरू प्रति आक्रोशित भएको बताउँदै पछिल्ला दिनहरूमा आफूहरूका नराम्रा कुरा बाहिर आएको बताए।
उनले जिल्लामा ठूलो संख्यामा पत्रकारहरू भएपनि ५०/६० जना मात्रै आफूकहाँ आउने जाने गर्ने भएकोले चिन्ने दाबी गरे।
उनले जिल्लामा भएका पत्रकारले समाचार नलेखेको कुरामा आफूलाई दु:ख लागेको सुनाए।
प्रहरीमा नेताजस्तै भाषण दिने प्रचलन छैन्। तर, उनले बिदाई कार्यक्रममा करिब आधा घण्टा बढी भाषण गरेका थिए।
उनले आफूले कञ्चनपुरबाट पैसाको भारी लिएर नगएको समेत स्पष्टीकरण दिन भ्याए । यस्तै सुकासाल घटनाको रिपोर्टङ गर्न घटनास्थल पुगेका पत्रकारहरु कुटपिट तथा पक्राउ घटनामा गल्ती भएको स्विकार गरे ।
अन्तिम तिर पानी धमिलो हुने अवस्था भएको भन्दै आफूलाई मन्दिरको गजुर भएको बताए। उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा सरुवा भएको छ।
उनको स्थानमा लागूऔषध नियन्त्रण ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँका चक्रराज जोशी आएका छन् ।
थापा कञ्चनपुर हुँदा प्रहरी संगठनभित्रको बेथिति मच्चाएका थुप्रै घटनाहरू बाहिरीएका थिए। उनका विवादित कार्यको महेन्द्रनगर पोष्टले निरन्तर रिपोर्टिङ गरेको थियो।
थापाले आफूबिरुद्ध आवाज उठाएको दुई पत्रकारसहित केही स्थानीहरुलाई पक्राउ गरेको थिए। हाल उनीहरूलाई छोडिएको छ।
उनी नेतृत्वमा हुँदा प्रहरी जवान नरेश नाथले आफूलाई प्रहरीले नै थुनेर यातना दिएको र प्रहरी ज्यादतीका कारण आफूले जागिरबाट हात धुनु परेको आरोप लगाएका थिए।
यस्तै एक महिला सहायक हवल्दारले आफूमाथि बर्दिमै हातपात हुँदा पनि न्याय पाउनुको साटो उल्टै स्पष्टीकरण सोधिएको आरोप लगाएकी थिइन्।
एसपी थापा अवैध सामानको पैठारीमा सहयोग तथा घुमुवा प्रहरीमार्फत केही व्यापारीबाट हप्ता उठाउने गरेको आरोप लाग्ने गरेको छ।
अन्य जिल्लामा कार्यरत हुँदा पनि उनको बारेमा नकारात्मक खबरहरु आउने गरेका थिए।
र यो पनि !
…अनि मध्यराति ‘कस्टडी’बाट पत्रकार घरतिर
कञ्चनपुरका एसपी थापाः जहाँ गयो त्यहीँ ‘विवादित’ !
महिला हवल्दारलाई रुवाउने ‘स्कोरपियो’ चढ्थे एसपी थापा, ‘विवादित’ उद्योगी चन्दसँग साँठगाँठ !
एसपी थापाको एरियामा खुलेआम तस्करी, सेटिङ्मै मिटिङदेखि धम्कीसम्म
कञ्चनपुरका ‘विवादित’ एसपी थापाको सरुवा, जोशी आउँदै