Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको हो । उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् । गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ। सेती प्रादेशीक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो। अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ।

Read More

धनगढी : धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका तीनैजनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए । र यो पनि ! धनगढीमा अस्पतालका नाममा चर्च, प्रहरी प्रशासन के गर्छ…

Read More

धनगढी : कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ । गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो । भिडिओ 452608804_1479411726267859_1784071495368780797_nDownload

Read More

धनगढी : जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई धम्की दिने अछामका कमल सिजापती पक्राउ परेका छन् । विप्लव कार्यकर्ता रहेका सिजापतीले पत्रकार श्रेष्ठलाई फोनमार्फत अश्लील लागीलगौज गर्दै भौतिक कारबाहीको धम्की दिएका थिए । साउन ८ गते मङ्गलवार बिहान १०ः०० बजेदेखि मोबाइलबाट उनले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ । उनले ‘प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की पनि दिएका थिए । हतियारधारी व्यक्ति कार्यालयमा पसेर होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएकोमा सिजापतीलाई प्रहरीले सोही…

Read More

धनगढी : डोटीको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका नारायण कठायतले कलमी भनेर लगाएका आँप स्थानीय प्रकृतिका निस्किएका छन् । उनले करिब १५ रोपनी जमिनमा २०७१ सालमा १५० बोटा कलमी आँप रोपेका थिए । भविष्यमा राम्रो आम्दानी लिने योजनासहित रोपेका आँपमा ८० प्रतिशतभन्दा बढी स्थानीय प्रकृतिका (लोकल) निस्किएपछि उनी चिन्तित बनेका छन् । ‘भविष्यमा आम्दानी लिने योजनासहित कलमी आँप रोपेको थिए,’ कठायतले भने, ‘आँप फल्न पनि समय लाग्यो, फलेपछि अधिकांश आँप स्थानीय प्रकृतिका निस्किए ।’ कठायतले लोकल निस्किएका आँप काटेर आँप र कागती लगाएका छन् । यो वर्ष करिब ५० बोट जति आँप लगाएको उनले बताए । त्यतिबेला जिल्ला कृषि कार्यालय डोटीबाट…

Read More

धनगढी : समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै एमाले सरकारबाट बाहिरिएपछि बजेट शून्यता भएको हो । बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व सङ्कलन र खर्च ठप्प छ । सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, एमालेले समय छँदै बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गरेको र अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको आरोप विपक्षीले लगाउँदै आएका छन् । मुख्यमन्त्री सोडारी भने प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन् । मुख्यमन्त्री विश्वासको मत लिने मनस्थितिमा…

Read More

धनगढी : कञ्चनपुरबाट लागू औषधसहित दुइ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ७ दशमलव ५५० ग्राम खैरो हेरोइन समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

Read More

काठमाडौं : सरकारले पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी गरेको छ । स्रोतका अनुसार सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने मोटामोटी समझदारी भएको छ । त्यसअनुसार कांग्रेसले सुरुमा भारतका लागि वर्तमान राजदूत डा शंकर शर्मालाई निरन्तरता लिन चाहेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् । एमाले समेत सम्मिलित प्रचण्ड सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । आफूले नै फिर्ता बोलाउने निर्णय गराएको शर्मालाई निन्तरता दिँदा राम्रो सन्देश नजाने ओलीले बताएपछि नयाँ नाम खोजिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १९ स्थित सीमामा तैनाथ शसस्त्र प्रहरी बाढीका कारण बिचल्लीमा परेको छ । मोहन नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपि लल्लिपुर विस्थापित भएको हो । बिओपिमा लल्लिपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा कार्यरत टोली बिचल्लीमा परेको छ । विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको छ । सिमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते स्थापना भएको बिओपि लल्लीपुर गत असार २४ गते विस्थापित भएको हो । मोहना नदीको बाढीका कारण बिओपिको भवन बगउन थालेका कारण बिओपि विस्थापित हुनुपरेको हो । बढीले प्रतीक्षालय , सेन्ट्रीपोष्ट र आँगन बगाई सकेको छ…

Read More