धनगढी : जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई धम्की दिने अछामका कमल सिजापती पक्राउ परेका छन् ।
विप्लव कार्यकर्ता रहेका सिजापतीले पत्रकार श्रेष्ठलाई फोनमार्फत अश्लील लागीलगौज गर्दै भौतिक कारबाहीको धम्की दिएका थिए ।
साउन ८ गते मङ्गलवार बिहान १०ः०० बजेदेखि मोबाइलबाट उनले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
उनले ‘प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की पनि दिएका थिए ।
हतियारधारी व्यक्ति कार्यालयमा पसेर होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएकोमा सिजापतीलाई प्रहरीले सोही दिन पक्राउ परेको र हाल काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेको जानकारी प्राप्त भएको छ ।