Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आज ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखिँदै छ। वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ। चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यसदिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी…

Read More

काठमाडौँ : हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा  पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। कोशी, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम…

Read More

 काठमाडौँ : नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति जुटेको छ। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयका पदाधिकारीबीच छलफल भएको थियो।  छलफलपछि १५ दिनभित्र मागहरू पूरा गर्नेगरी ४ बुँदे सहमति जुटेको हो। १५ दिनभित्र प्रतिवेदन पेस गर्नका लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी उपसमिति बनाइएको छ। १५ दिनभित्र मागहरू पूरा गर्ने सहमति भएसँगै आइतबारदेखि जारी अवरुद्ध अन्त्य हुने जनाइएको छ। छलफलपछि आयोजित पत्रकार सम्मेलनमा आजैबाट बन्द…

Read More

धनगढीः बैतडीमा एक जना पुरुषको हत्या गरेको शिक्षिकाले स्विकार गरेकी छन्। २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन्। उनी पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभानसिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी छन्। भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन्। एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो। शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छ। विष्ट शनिबारदेखि परिवारको…

Read More

बैतडी : बैतडीको पाटन नगरपालिका-६ मा एक पुरुषको हत्या आरोपमा शिक्षिकालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले करिब ५१ बार्षिय बिरभान सिह बिष्टलाई शिक्षिकाले हत्या गराएको आरोपमा पक्राउ गरि अनुसन्धान गरिरहेको छ । गाडी चालक बिष्ट शनिबारदेखी परिवारको सम्पर्कमा नभएको आफ्न्तले बताएका छ्न । बिहान स्थानीयले महिलाको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म गिसारेर रगताम्य जमिन देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुरक्षाकर्मी प्ररिचालन गरेर खोजी कार्य भइरहेको छ । ती शिक्षिकाले केही पुरुषको समुह प्रयोग गरेर हत्या गरेको आफ्न्तको आरोप छ । महिलाले केहीको नाम प्रहरीलाई बताएपपछि प्रहरीले फरार रहेका पुरुषहरुलाई पक्राउ गर्न खटीएको स्रोतले बताएको छ…

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ । प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका २९३ जनालाई बढुवा तथा पदस्थापन गरेको हो ।बढुवा सूचीः Download

Read More

काठमाडौं : करिब ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौंको कपनबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिनियाँ नागरिकलाई सुन र नगदसहित पक्राउ गरेको हो। बरामद गरिएको सुन अन्दाजी ६ किलो रहेको र नापजाँच बाँकी नै रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। सुनको नापजाँच बाँकी रहेकाले सिआइबीले सुन र पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ । प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका २९३ जनालाई बढुवा तथा पदस्थापन गरेको हो ।

Read More

तनहुँ : तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका हुन्। बिरामी हुनेमा गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ। लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो। आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More