Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा सूची प्रकाशित गरेको छ । बढुवा समितिले २२६ जना सशस्त्र जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस प्रकाशित गरेको हो । सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो । ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ । नामावलीः apf-ass_haldarDownload

Read More

काठमाडौं : नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो । नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्टले बालुवाटार पुगेर दुखेसो पोखेका छन । आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर भट्टले आफू माथि अन्याय भएको बताएका छन । भट्टले आफनो राजनैतिक जीवनको इतिहासमा सबै भन्दा ठूलो धक्का खाएको प्रचण्डलाई सुनाएका थिए । बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी दलको नेता परिवर्तन गरेपछि प्रदेशमा विवाद सुरु भएको थियो । सुदूरपश्चिम प्रदेशका माओवादी मन्त्री सहितका नेताहरूको भेटवार्ता भएको छ । बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्ट सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम…

Read More

काठमाडौं : नेपालमा अनलाइन सट्टेबाजी प्रतिबन्धित छ । मुलुकबाट विदेशी मुद्रालाई बाहिर जान नदिन र अर्थतन्त्र जोगाउन सरकारले अनलाइन सट्टेबाजीलाई ‘अवैध’ घोषणा गरेको छ । तर पनि लुकीछिपी अनलाइन सट्टेबाजी जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनलाइन सट्टेबाजी खेलाएको आरोपमा गए राति भारतीय गिरोहलाई समातेपछि उक्त विषय सतहमा आएको छ । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्ण परिसरमा सञ्चालित क्यासिनो प्यालेसबाट अनलाइन सट्टेबाजीको आरोपमा गएराति झण्डै एक दर्जन पक्राउ परेका छन् । त्यसमध्ये तीन जनामाथि मुद्दा चलाइने परिसरले जनाएको छ । ती तीनै जना भारतीय रहेको परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीले बताए । उनका अनुसार पक्राउ परेकाको साथबाट विदेशी…

Read More

धनगढी : इन्डियाबाट सुदूरपश्चिमको हेन्द्रनगर हुँदै नेपाल छिरेका एक जना रुसी नागरिक झापाबाट फेरि भारत छिर्ने क्रममा पक्राउ परेका छन्। दुई महिनाअघि नेपाल छिरेका उनलाई फिरन्ते पाराले हिँड्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले झापाको सिमाना नजिकै समातेको हो। एक साताअघि ती रुसी सतिघट्टा बिओपी नजिकैबाट भारत जाने क्रममा उता पक्राउ परेका हुन्। सुदूरपश्चिमबाट नेपाल छिरेका उनीसँग ९० दिनको भारतीय भीसा भए पनि पक्राउ परेका हुन्। रुसी नागरिक भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पाए पनि स्थलमार्गबाट उता जान नपाउने भारतीय अध्यागमन नियम छ। एक्लै हिँड्ने ती रुसी पर्यटकबारे स्रोतले भन्यो, ‘सित्तै खाएर घुम्ने योजनामा दुई महिना जति नेपालमा…

Read More

धनगढी : भोली शनिबार बैतडीमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले सूचना जारी गरी भोलि बिहान १० बजेदेखि साझँ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो । वितरण केन्द्रका अनुसार गोठालापानि सवस्टेशनमा विद्युत मर्मत गर्नुपर्ने भएकोले जिल्लाभर विद्युत अवरूद्ध हुनेछ।

Read More

धनगढी : नेकपा एमाले कैलालीले नवौं जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कमिटिले नारा र लोगो सार्वजनिक गरेको हो । एमाले कैलालीका इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा कर्णाली पुल, शिवपुरीधाम, घोडाघोडी ताल लगायतका ठाउँहरुलाई समेटिएको छ । एमालेका कार्यवाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीले अगामी ६ र ७ गते कैलालीको सुखडमा नवौं अधिवेशन हुने बताए । जोशीले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने बताए । पार्टीको अगामी नेतृत्व चयनका लागि कैलालीमा पहिलोपटक नयाँ अभ्यासको थालनी गरिएको पनि उनले बताए ।…

Read More

डडेल्धुरा : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डडेल्धुराको प्रयोगशाला प्रयोगविहीन भएको छ। गत असारमा स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रको प्रयोगशाला प्रयोगविहीन भएको हो। असारमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको ३० लाख रूपैयाँ बजेटमा यहाँ प्रयोगशाला स्थापना गरिएको थियो। तर, त्यसपछि थप बजेट विनियोजन नहुँदा प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन्। प्रयोगशालाको लागि भनेर एक जना ल्याब टेक्निसियन समेत आयुर्वेद स्वास्थ्य केन्द्रले राखेको छ। प्रयोगशालामा भएका सामग्रीको व्यवस्थापन नहुँदा भएका सामग्री पनि बिग्रिने अवस्थामा पुगेका छन् भने ल्याब टेक्निसियन पनि काम विहीन छन्। ल्याब चेकको केमिकलका लागि आवश्यक बजेट नआउँदा प्रयोगशालामा ताल्चा ठोक्नु परेको कार्यालयले जनाएको छ। पछिल्लो समय आयुर्वेद स्वास्थ केन्द्र तर्फ…

Read More

धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो सुपर सिक्स अन्र्तगतको दोस्रो खेलमा भारतविरुद्ध गुल्शन झालाई पनि गुमाएको छ । केहि राम्रो सुरुवात पाएपनि शीर्ष पाँच ब्याटर गुमाएपछि रन जोड्न नेपालले लगातार संघर्ष गरेको थियो । त्यसैक्रममा नेपालको सिनियर टोलीबाट खेली सकेका गुल्शन झा १ रनमा आउट हुन पुगे ।

Read More

काठमाडौँ :  घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् । विशेष अदालतले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार शुक्रवारको सुनुवाइपछि प्रतिवादी उपसचिव प्रमोद नेपाललाई दोषी ठहर गर्ने फैसला भएको छ । प्रमोद नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ । बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि…

Read More