Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीमा असुली, तस्करी, धम्की दिने र अपराधिक गतिविधि गर्ने गरेको पाइएपछि पक्राउ परेका प्रहरीका पूर्व सइ मदन धामी धरौटीमा छुटेका छन्। उनीमाथि ठगीमा मुद्दा चलाएर हिरासतमा राखी अनुसन्धान भएकोमा हिजो(बुधबार) ५० हजार धरौटीमा जिल्ला अदालत कैलालीले छोडेको हो। धामीलाई पूर्व प्रहरी भएर अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै समातिएको थियो। सम्बन्धित समाचार धनगढीमा प्रहरीका पूर्व सई नै समातिए, कुटाई पनि खाए ? धनगढीमा यतिसम्म गरेका रहेछन् पूर्व सई धामीले, पुलिसदेखि महिलासम्म कसैलाई छोडेनन्

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा यौनधन्दा गराइरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालकसहित तीन जना पक्राउ परेका छन्। अस्ति बेलौरी नगरपालिका–६ हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रेष्टुरेण्ट सञ्चालक बेलौरीकै ३० वर्षीया महिला, धरान घर भएककी २४ वर्षीया युवती र भारतको पुरनपुरका ४० वर्षीय रफिक अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले जानकारी दिए।

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा यौनधन्दा गराइरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालकसहित तीन जना पक्राउ परेका छन्। अस्ति बेलौरी नगरपालिका–६ हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रेष्टुरेण्ट सञ्चालक बेलौरीकै ३० वर्षीया महिला, धरान घर भएककी २४ वर्षीया युवती र भारतको पुरनपुरका ४० वर्षीय रफिक अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले जानकारी दिए।

Read More

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन भएको छ। ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्। पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

Read More

बझाङ : बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। २५ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा साइपालमा ५ सय क्विन्टल चामल मात्रै पुग्दा अभाव भएको हो। ठेकेदारहरुको लापर्वाहीका कारण चामल कम ढुवानी भएको साइपाल-१ का वडाध्यक्ष नरेन्द्र धामीले बताए। जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी खाद्य व्यापार तथा कम्पनीमा पत्राचार गर्दा पनि कुनै पहल नभएको उनले बताए। खाद्य संस्थानमा चामल अभाव भएपछि महंगोमा चामल किनेर खानुपर्ने अवस्था आएको वडाध्यक्ष धामीले बताए।

Read More

कैलाली : हिजो(बुधबार) कैलालीको धनगढीमा न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन गरिएको थियो। जुन यो वर्षको हालसम्मकै कम रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ। पछिल्लो केही दिनयता अत्यन्तै चिसो हुन थालेपछि कैलाली र कञ्चनपुरका ४ पालिकाले विद्यालयमा दुई दिन जाडो बिदा दिएका छन्। कैलालीको गौरीगंगा, कञ्चनपुरका बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले दुई दिन बिदा दिएका हुन्। चिसोले नियमित पठनपाठन प्रभावित भएको भन्दै ती पालिकामा माघ ४ र ५ गते विद्यालयहरुमा जाडो विदा दिइएको हो। विदाको समयमा विद्यालयको प्रशासनिक काम भने सुचारु रहने जनाइएको छ।

Read More

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ ।

Read More

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ। देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ। कोशी,…

Read More

काठमाडौँ : १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग  टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।   उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिकाको कार्यालय फेरि उद्घाटन गर्ने तयारी गरिएको भन्दै नेकपा एमालेले गोदावरी कमिटीले विरोध जनाएको छ । बुधबार नगर पार्टी कार्यालय अत्तरिया पत्रकार सम्मेलन गर्दै पुनः उद्घाटन गर्ने कार्य तत्काल माग गरेको छ । एमाले नेताहरूले गोदावरीका मेयर जन जीविकाका विषयमा गम्भीर हुनुपर्नेमा उद्घाटन भइसकेको कार्यालय फेरि उद्घाटन गरेर गैर राजनैतिक चरित्र देखाउन थालेको बताए । पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका उप नेता सन्तोष शर्माले उद्घाटन भैसकेको भवन पुनः उद्घाटन गर्नु गैर राजनीतिक चरित्र हुने बताइन् । यसको नजिर पनि गलत बस्ने र दूरगामी प्रभाव पार्नेमा उनले जोड दिइन् । ‘एउटा…

Read More