Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : लोकप्रिय गायक राजु लामा टिकटकबाट उदाएकी मोडेल मिस पविसँग देखिएका छन्। हिजो सार्वजनिक भएको नयाँ देउडा गीत ‘साली’मा दुवैजनाको अभिनय देखिएको हो। गीतमा गायक आशिष महरले पनि अभिनय गरेका छन्। मंगोलियन हर्ट नामबाट चर्चित राजु लामाकै यूट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ। सोनम पाख्रीनको निर्देशनमा बनेको ‘साली’ मा गायक लामा र आशिष महरको स्वर रहेको छ। उक्त गीत महरकै शब्दमा लेखिएको हो। https://youtu.be/-mx73lyg9Vc?si=J6wDM7HVaDQ6Q_jR

Read More

बैतडी : बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजना सञ्चालनमा आएको छ। एक सय किलोवाट क्षमता उत्पादनसहित आयोजना सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण बैतडी केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए।  परीक्षणका लागि करिब एक घण्टा पाटन विद्युत सप्लाई गरेको उनले बताए। सफल परिक्षणसँगै अबदेखि दैनिकजसो पावर हाउस सञ्चालनमा आउने पौडेलले बताए।  २०७९ जेठ १४ गतेदेखि पूर्णरुपमा बन्द रहेको विद्युत गृह मंगलबारदेखि सञ्चालनमा आएको हो। उक्त जलविद्युत आयोजनाको क्षमता २ सय किलोवाट भएपनि हाल एक सय किलोवाट उत्पादन भएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराई भूभागमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक…

Read More

काठमाडौं : डिसेम्बरको सुरुमा मङ्गेशकुमार (परिवर्तित नाम) फेसबुक चलाइरहेका थिए । त्यसै क्रममा उनको ध्यान अल इन्डिया प्रेग्नेन्ट जब सर्भिसको भिडिओमा गयो । त्यसपछि उनले यस विषयमा थप जानकारी लिने सोच बनाए । साँच्चिकै अनौठो लाग्ने यो जागिरमा महिलालाई गर्भवती बनाउँदा पैसा पाइने भनिएको थियो । स्वभाविक रूपमा यो निकै आकर्षक अफर थियो । ३३ वर्षका ती व्यक्ति, जो विवाह समारोहमा सजावटको काम गर्थे र प्रति महिना १५ हजार भारु कमाउँथे, उनले अहिलेसम्म १६ हजार रुपैयाँ गुमाइसकेका छन् र अनलाइन ठगहरूले उनलाई थप रकम मागिरहेका छन् । बिहारका मङ्गेश केवल एक्ला व्यक्ति होइनन्, जो यो ठगीको सिकार भएका छन् ।…

Read More

धनगढी : प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका नयाँ हाकिम एवं ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले सुदूरपश्चिमको सुरक्षा व्यवस्था बारे जानकारी लिएका छन् । मंगलबार प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सचिव हरीप्रसाद लम्सालसंग भेट गरि सुदूरपश्चिमको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको हुन । छलफलमा सुदूरपश्चिममा प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा संक्षिप्त समिक्षा भएको छ । डीआइजी केसीले आइतबार पदभार सम्हालेका थिए। सुदूरपश्चिमका यस अगाडिका डीआइजी भरत बहादुर बोहराको…

Read More

काठमाडौँ : रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एचआरडी कोरियाका अधिकारीहरूसँगको छलफलको क्रममा २० जनवरी (माघ ६ गते) देखि परीक्षा गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । तर, आवेदन फारम भर्ने र आवेदकहरूको परीक्षा सम्बन्धी रेकर्ड राख्ने अनलाइन सिस्टमका कारण परीक्षा केही ढिलाइ हुने महानिर्देशक…

Read More

काठमाडौँ : सरकार सञ्चालन र राष्ट्रिय सभा सिट बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबिच खटपट भएको छ । आगामी फागुन २० गते रिक्त हुन लागेको एक तिहाइ सिटमा गठबन्धनभित्र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मात्र भागबण्डा गरेपछि साना दलहरू असन्तुष्ट देखिएका हुन् । सिट बाँडफाँट गर्न पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा भाग नपाउने भएपछि सत्ता घटक साना दलहरू त्यहाँबाट बाहिरिएका थिए । बैठकबाट बाहिरिनेमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । सातै प्रदेशमा भोट प्रभावित गर्ने उनीहरूसँग मत नभएपनि एकरएक सिट दाबी गरेका थिए । तर नपाएपछि…

Read More

काठमाडौं : आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल वर्षाले अवरुद्ध भएको छ।  दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि वेस्ट इन्डिज ब्याटिङमा उत्रिएको थियो। वेस्ट इन्डिजले ८.३ ओभरमा ३३ रन जोड्दा १ विकेट गुमाएको थियो। नेपालका लागि गुल्सन झाले एक विकेट लिएका थिए। त्यसपछि वर्षाले खेल अवरूद्ध भएको हो। विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दैछन् भने नेपाल समूह ‘डी’ मा छ। सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपअघि आइसिसीले १६ वटै टिमका कप्तानसँग कुराकानी गरेको छ। जसमा नेपालका कप्तान देव खनालले नेपालमा क्रिकेट क्रेज बढी भएको भन्दै नेपाली…

Read More

धनगढी : मृत भेटिएका सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का १८ वर्षीय भरत बुढाको शव प्रदेश अस्पताल ल्याइएको छ। प्रारम्भिक अनुसन्धान गरेर भरतको शव पोष्टमार्टका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा नेतृत्वको टोली भरतको शव ल्याएर फर्किएको प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए। उनले भने, ‘त्यहाँ पुगेको एसपीसाप र तालिम प्राप्त कुकुरसहितको टोली प्रारम्भिक अनुसन्धान गरेर मृतकको शव लिएर फर्किएको छ। घटना शंकास्पद छ। भोलि पोष्टमार्टम हुन्छ। पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान थाल्छौं।’ घटनाका बारेमा हालसम्म कुनै पनि जाहेरी दर्ता नभएको उनले बताए। सोमबार राति १ बजेको समयमा भरतको शव भेटिएको…

Read More

धनगढी/कैलालीका स्थानीय पालिकामा लगातार छ दिन बिदा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्व र स्थानीय सरकारले दुई दिन माघी पर्वको स्थानीय विदा थपेपछि बिदा लामो भएको हो । यसैबेला पुस २७ मा राष्ट्रिय एकता दिवस, माघ १ गते माघे सङ्क्रान्ति र एउटा शनिबार परेको थियो । जबकी यस वर्ष दशैं र तिहारमा पनि पाँचरपाँच दिन मात्रै सार्वजनिक विदा थियो । सुदूरपश्चिमका केही पहाडी जिल्लामा मनाइने भुवा पर्वलाई प्रदेश सरकारले प्रदेशभरि र थारु बहुल क्षेत्रका पालिकाले माघे संङ्क्रान्तिको एकदिन अघि र एकदिन पछि स्थानीय बिदा दिएका छन् । माघ १ गते थारु समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष…

Read More