Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंहको विवाह आज हुँदै छ। गायिका शिवानी श्रेष्ठसँग जयवीरले आज लगनगाँठो कस्न लागेका हुन्। विवाहमा फूल माला, खादा र उपहार भने नल्याउन निम्तालुलाई आग्रह गरिएको छ। आज विवाह गरे पनि प्रिति भोज भने २ फागुनमा आयोजना हुने छ। गत १९ जेठमा जयवीर र शिवानीले इन्गेजमेन्ट गरेका थिए।

Read More

काठमाडाैं :  नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ। गत शुक्रबार सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा हिजो बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको हो। बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले एक विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको जनाएका छन्। बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो। यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ।’ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न…

Read More

काठमाडाैं :  दक्षिण अफ्रिकामा जारी यू१९  विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो। सुपर सिक्सको समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो। १६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औँ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ। नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबे भन्दा अगाडि रहेको छ।अब सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फेब्रुअरी ६ मा प्रतिस्पर्धा हुनेछ। यस्तै, अर्को सेमिफाइनल फेब्रुअरी ८ मा पाकिस्तान र अस्ट्रेलियाले खेल्नेछन्।

Read More

काठमाडौं : दाङको घोराहीमा प्रहरी जवानले आज(आइतबार) बिहान श्रीमती र छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन्। ‘नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन्। श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेको सरुवा भएको छ ।पाण्डेलाई अर्थ मन्त्रालयमा तानिएको स्रोतले बतायो । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार भन्सार विभागका सेवन्तक पोखरेललाई पाण्डेको ठाउँमा पठाएका हुन् । पाण्डेले ६ महिनाअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनीमाथि गाँजा तस्कर भगाएको लगायत विभिन्न आरोप छ ।

Read More

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा नचिनेका मानिसहरूको समूहको गोली  प्रहारबाट एक व्यवसायी घाइते भएका छन्  । बर्दघाट नगरपालिका-१६ केराबारीनजिकै नचिनेका व्यक्तिले गोली प्रहार गरी ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।  सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए । पाखुरामा गोली लागेर घाइते विश्वकर्माको बुटवलस्थित तिनाउ अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक देखि साधरणतया…

Read More

धनगढी : वीरगन्जको कृषि औजार कारखानाका लागि खर्च जुटाउन ‘महावीर पुन’ नामक आत्मकथा बेच्दै हिँडेका डा.महावीर पुनले २ करोड ५५ लाखको पुस्तक बिक्री गरेका छन्। शनिबार बैतडी सदरमुकाम गोठालापानी, गढी र साहिलेक बजारमा पुस्तक बिक्री गर्ने क्रममा उनले हालसम्म ३४ हजारप्रति पुस्तक बेचिएको बताए। सात सय ५० मूल्य पर्ने उक्त पुस्तकबाट २ करोड ५५ लाख रकम संकलन भएको उनले बताए। डा. पुनले गत पुस २४ गते काठमाडौंबाट मध्यपहाडी लोकमार्ग पुस्तक बेच्दै पश्चिम लागेका थिए। २६औँ दिनमा बैतडी पुग्दासम्म पुस्तक बिक्रीबापत भएको आम्दानीबाट आफू उत्साहित भएको उनले बताए। ‘तीन लाख पुस्तक बेचेर १५ करोड रकम संकलन गर्ने सोच बनाएको छु,’ बैतडी…

Read More

धनगढी : आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन…

Read More

धनगढी : नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थ केन्द्रित भए मुलुकमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उनले नेताहरुको ध्यान सरकार फेरबदल, प्रधानमन्त्री तथा मन्त्री को बन्ने भन्नेमा मात्र हुन नहुने टिप्पणी गरे । छिमेकी भारत र चीन तीब्र विकास भइरहेका बेला नेपाल आफ्नै कारणले भूराजनीतिमा पछि परेको उनको बुझाइ छ । ‘दुई देशबीच अत्यन्त संवेदनशील भूराजनीति भएको नेपाल यदि कमजोर भयो भने शासन प्रणाली व्यक्तिगत स्वार्थका लागि केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य, अर्थतन्त्रको विकास कहिले गर्ने ? युवालाई रोजगारी कहिले दिने ?’ रावलले भने, ‘सरकार कहिले…

Read More