Author: महेन्द्रनगर पोष्ट

धनगढी : विराटनगरका क्यासिनोमा नेपालीलाई खुलेआम जुवा खेलाइने र मिटरब्याजको धन्दा चल्ने गरेको खुलेको छ । शुक्रबार दुई समूहबीच खुकुरी हानाहानपछि सेटिङ बाहिरिएको हो । बिग होटलमा रहेको सम्राट क्यासिनोमा नेपालीहरूबीच नै झगडा भएपछि यो प्रकरण बाहिर आएको हो । मिटरब्याजको विषयमा झगडा भएपछि विराटनगरका रोनाल कँडेलमाथि खुकुरी प्रहार भएको हो । झापाका बिक्रम थपलियाको समूहले उनीमाथि आक्रमण गरेको हो । कँडेल र थपलिया दुवै गुन्डागर्दी, सट्टेबाजी तथा मिटरब्याजको धन्दामा संलग्न छन् । दुवैको मोरङ प्रहरीका अधिकारीसँग समेत निकट सम्बन्ध रहेको स्रोत बताउँछ । थपलियालाई प्रहरीले पक्राउ गरेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । तर विराटनगरमा रहेका रत्ना…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको बताउँदै नाउपाका अध्यक्ष चौधरीले उक्त निर्णयको पत्र उनलाई पठाइएको बताए । नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ । रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका थिए।

Read More

धनगढी : यहीँ पुस २५ गते बुधवार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवा र उनका साथी टेकबहादुर नायक अत्तरियाको सत्कार दोहरी साँझमा खानपिन गर्न बस्छन्। उनीहरुले मदिरा सेवन गरेपछि मात्तिएकाको समयमा त्यहाँ रहेका अन्य व्यक्तिहरुसँग सामान्य झगडा हुन्छ र उनीहरु खानपिन सकेर बाहिर निस्कन्छन्। सबै जनासँगै बाहिर निस्किएपछि टेकबहादुरको मोबाइल भित्रै छुट्छ । उनी मोबाइल लिन भित्र जान्छन्। त्यो समयमा श्याम देउवा गेटमा उभिरहेका हुन्छन्। जब टेकबहादुर मोबाइल ल्याएर बाहिर आउँछन्, त्यतिबेलासम्म देउवा त्यहाँबाट एका/एक गायब भइसकेका हुन्छन्। देउवालाई नदेखेपछि टेकबहादुर देउवाको बाइक लगेर अत्तरियाकै अर्को होटलमा गएर सुत्छन्। मध्यराति हराएका देउवा एकाएक बिहान…

Read More

धनगढी : बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागिहेलिकप्टरमार्फत पोखरा पठाइएको छ। बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए। अन्य ६जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै…

Read More

कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट घर फर्किने ३ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार एन्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो। गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार गड्डाचौकी नाकामा लामो समयपछि पहिलो पटक संक्रमण देखिएको हो। उनका अनुसार भारतको हरिद्वार, दिल्ली र पञ्जावबाट आएकाहरूमा संक्रमण देखिएको हो। संक्रमण देखिनेमा २ जना कञ्चनपुरको बेलडाँडी गाउँपालिका र १ जना भीमदत्त नगरपालिकाका हुन्। उनीहरूलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ। शनिबारदेखि गड्डाचौकी नाकामा परीक्षण बढाइएको हो। त्यस्तै कैलालीको गौरीफन्टा नाकामा पुसयता १८ जनामा संक्रमण देखिएको छ। हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार शुक्रबार १ जनामा संक्रमण…

Read More

धनगढीः कैलालीको अत्तरिया बजारमा रहेको सत्कार दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ। २५ गते बुधवार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो। २५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए। गम्भीर चोट लागेका उनको उपचारकै क्रमम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए । देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए। देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो। कैलाली प्रहरी…

Read More

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिसले रासिद खानको शतकको मद्दतमा बागमती प्रदेशलाई ६८ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले रासिद खानको शतकको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनायो । उसको सुरुवात भने राम्रो थिएन । ७२ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । तर आरिफ शेख र रासिद खानले छैटौं विकेटका लागि १२० रनको महत्वपूर्ण साझेदारी गरे । शेख ५७ रन बनाएर आउट भए । खान क्रिजमा टिकिरहे । कप्तान दीपेन्द्र सिंह ऐरीसँग ४३ र…

Read More

काठमाडाैं : आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। मधेशको जितमा अनिल शाहले सर्वाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुँदै १२७ रन मात्र बनाएको थियो। अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ।

Read More

काठमाडौं : आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो। सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा रहेका छन्। उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ। सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ। सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको सङ्गोष्ठीको आयोजना गरेर यस सम्बन्धमा राय, सल्लाह सुझाव लिएको छ। सो गोष्ठीका अध्यक्ष सामाजिक विकासमन्त्री साउदले सरकारले आफ्नै लगानीमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी दिए। गोष्ठीमा प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी कार्य गर्न गठित समितिका संयोजक डा. लवदेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राडा अम्मरराज जोशी र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वविद्यालयबारे विविध स्तुतीकरण गरेका छन्। कार्यक्रममा सहभागीहरूले प्रदेशमा छुट्टै आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सरकारको धारणाको स्वागत गर्दै नाम मात्रैका लागि…

Read More