धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।
टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको बताउँदै नाउपाका अध्यक्ष चौधरीले उक्त निर्णयको पत्र उनलाई पठाइएको बताए ।
नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ ।
रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका थिए।
Facebook Comments Box