Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीका सीमा क्षेत्रहरुमा आपराधिक क्रियाकलाप बढन थालेपछि सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । प्रदेशको राजधानी रहेको कैलालीका सीमा क्षेत्रमा ७ दिनको पैदल गस्ती सुरुवात गरिएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला कैलालीको भारतसँग १०१ किलोमिटर लामो खुला सीमाना छ । धनगढी उपमहानरपालिकाको वडा नम्बर २ देखि टीकापुर नगरपालिकाको श्रीलंका टापुसम्मको १०१ किलोमिटर लामो सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्पेशल टोली सहितको पैदल गस्ती सुरु गरेको हो । गस्ती टोलीले सीमामा हुने अपराध, त्यसबाट बच्ने उपाय, लागुपदार्थको ओसारपसार र त्यसले नेपाली युवाहरुलाई पार्ने प्रभाव, दैबी प्रकोप र त्यसबाट बच्ने उपायका बारेमा सर्वसाधारणसँग अन्तक्रिर्या गर्नेछ । ‘हामीले सीमामा…

Read More

कञ्चनपुर : मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ । विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको कञ्चनपुरको महेन्द्रनगरस्थित प्रादेशिक अस्पताल २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल ९रेफरल सेन्टर०का रुपमा परिणत भएको थियो । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यहाँ स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी भएको जानकारी दिए । ‘यहाँ २०…

Read More

काठमाडौं : नेकपा एमालेले ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य निर्धारण गरेको छ । ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने उल्लेख छ । त्यसका लागि बलियो पार्टी निर्माण पूर्वर्शत भएको उनले बताएका छन् । ‘हाम्रो पार्टी बाहिर पनि राष्ट्रिय शक्तिका पक्षधर छन्, तर तिनीहरु बलिया, प्रभावकारी वा अगुवाई गर्न सक्ने भूमिकामा छैनन्’, उनले भनेका छन्, ‘बलियो एमालेको नेतृत्वमा मात्र तिनीहरुलाई राष्ट्र निर्माणका काममा गोलबद्ध गर्न सकिन्छ ।’ बलियो पार्टी निर्माणका लागि हरेक जिल्ला र पालिका तहमा कुल मतदाताको…

Read More

काठमाडौं : एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको हो। दीपेन्द्रसिंहले अन्तिम ओभरमा २० रन प्रहार गरेसँगै नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।…

Read More

धनगढी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सञ्चालनमा आएको छ। भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। वैशाख ७ गते उत्तराखण्ड राज्यमा हुने लोकसभा सामान्य निर्वाचन भएको थियो। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिदा सम्मका लागि झुलाघाट नाका बन्द गरिएको थियो।

Read More

काठमाडौँ : काठमाडौँ कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल पल्टिएको हो। दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ। प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको पुष्टि गर्दै महानगरपालिकाकै दमकल भएको जानकारी दिएको छ। प्रहरीका अनुसार घटना दिउँसो १ बजेको घटना हो। स्थानीयको खबरपछि चोभार जंगलमा लागेको आगो निभाउन काठमाडौँ महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यस क्रममा एउटा दमकल दुर्घटनामा परेको हो। घाइतेहरूको विवरण आउन बाँकी छ।

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन्। बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गरेको कार्य सह्रानीय रहेको बताए। आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उनले व्यक्त गरे। प्रहरी महानिरीक्षक कुँवरले तपाईहरूको व्यावसायिक जीवनमा धेरै सकारात्मक कुराहरू रहेकोले आगामी दिनमा संगठनको हितका लागि आवश्यक सल्लाह,…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले खेलकुद क्षेत्रको विकासका लागि आगामी बजेटमा विशेष व्यवस्था गरिने बताएका छन् । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विभिन्न पदक जित्ने खेलाडीको बधाई तथा सम्मानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सोडारीले खेलाडीले प्रदेशको गरिमा बढाएकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । काठमाडौँमा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सुदूरपश्चिमले १९ स्वर्ण, रजत १२, कास्य १८ सहित ४९ पदक जितेर पहिलो भएको थियो । सो प्रतियोगितामा बागमतीले १७, कर्णालीले १०, कोशीले ८, लुम्विनी ६, गण्डकी ३ र मधेसले ३ स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा तीन हजार मिटर एथ्लेटिक्समा १० मिनेट ५२ सेकेन्ड ८२ पल्समा पार गरेर देविकाकुमारी…

Read More

धनगढीः पति रेशमलाल चौधरी र पत्नी रञ्जिता श्रेष्ठबिच सम्बन्धमै दरार देखिएको छ । रेशम–रञ्जिता बिच बढेको खटपटको विषय बाहिरिएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमले पतिपत्नीबिच बढेको खटपटको विषय आफैले सार्वजनिक गरेका हुन्। रेशमले पत्नी रञ्जितासँगको विवाद सामाजिक सन्जालमा फेसबुकमा छताछुल्ल पारेका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबिच विवाद छ। यो विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं जान लागेको उनले बताएका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई अ?ले भड्काइरहेको उनको बताएका छन । ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ…

Read More

बैशाख : नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । आफु देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफु र आफना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन । गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेश कै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष…

Read More