Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य खडक बम एमालेमा फर्किएका छन् । आइतबार नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन समारोहमा आयोजित सभामा उनि एमाले फर्किएका हुन । बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएर पार्टी प्रवेश गरेका हुन । उनले एमाले फुटेर कम्युनिष्ट आन्दोलन सफल नहुने भन्दै एमाले फर्किएको बताएका छन् । कार्यक्रममा बम सहित झण्डै तीन ३ दर्जन बढि एमाले प्रबेश गरेका छन् ।

Read More

काठमाडौं : एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो । नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए । यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

Read More

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन् नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका हुन् । ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन’, उनले भने, ‘हामीले ३९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’ उनले सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको बताए । ‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नुभएको छैन । एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भने, ‘७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो…

Read More

काठमाडौं : सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दलिएको छ। मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का नेता तथा कार्यकर्ताहरूले आज अधिकारीलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा–बढुवालगायतमा अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाएको छ। उनले कर्मचारीको वृत्ति विकासमा विभेद गरेको, आन्तरिक क्रियाकलापमा राजनीति घुसाएको र भाग माग्ने गरेको जनाउँदै मोसो दलिएको अनेरास्ववियू (क्रान्तिकारी) ले बताएको छ।

Read More

काठमाडौं: नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्याय भ्रष्टाचार मुद्दामा मुछिएका छन्। सामाजिक सञ्जालमा चर्चित रहेका पूर्व उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा उनीसहित नेपाल सरकारका तीन पूर्वसचिव र अन्य १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ। जसमा पूर्वसचिवहरू सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्र ठाकुर रहेका छन्। ती तीन प्रतिवादी खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्। यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि…

Read More

धनगढी : कैलालीको धनगढीमा शिक्षकले कुटपिट गर्दा एक विद्यार्थी घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-१३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्टको कुटपिटबाट सोही विद्यालयमा १० कक्षामा अध्ययनरत १६ वर्षीय प्रवीण राना घाइते भएका हुन्। बाटोमा हिँडिरहेका बेला शिक्षकले निर्घात कुटपिट गरेको घाइते प्रवीणकी दिदी सिमाना रानाले बताइन्। ‘गएराति भाइ गाउँबाट घर आउँदै थियो। बाटोमा शिक्षक नरेश भट्ट सरको कुकुर टोक्न आएपछि भाइले कुकुरलाई ढुङ्गाले हान्यो। कुकुरलाई किन हानिस् भनेर सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटे’, ​सिमानाले भनिन्। कुटपिटबाट घाइते प्रवीणलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ। उनको खुट्टा र छातीमा चोट लागेको छ। यता शिक्षक भट्टले भने सामान्य विवाद भएको भन्दै यसलाई ठूलो बनाउन आवश्यक…

Read More

काठमाडौँ : मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्। यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ।

Read More

काठमाडौंः पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी छन्। शाहले पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको ७३ औं शुभ जन्मोत्सवको अवसर पारेर रक्तदान गरेकी हुन्। हिजो (शनिबार) रक्तदान कार्यक्रम हिमानी कोषले आयोजना गरेको थियो। हिमानीले सर्वसाधारणका साथ रक्तदान गरेकी हुन्। हिमानी कोषका पदाधिकारीहरु साथै अन्य व्यक्तिहरुको समेत उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा अन्य व्यक्तिहरुबाट पनि रक्तदान गरिएको थियो।

Read More

धनगढी : ​नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन गरेका छन्। भवनको उद्घाटनपछि आज (आइतवार) कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गाउँपालिकालाई नमूना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिए। जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न प्रविधिमा समेत ध्यान दिन उनले आग्रह गरेका छन्। नयाँ भवनबाट सेवा शुरू गर्दा प्रशासनिक झन्झट पनि हट्ने उनको विश्वास छ। भवन उद्घाटनपछि एमाले अध्यक्ष ओली कैलाली जिल्लाको नवौं जिल्ला अधिवेशनको उद्घाटनका लागि सुखड प्रस्थान गरेका छन्। प्रशासकीय भवन निर्माणका लागि गाउँपालिका र श्यामसुन्दर निर्माण सेवा काठमाडौंबीच २०७६ साउन ५ मा सम्झौता भएको थियो। ६ करोड १७ लाख २५ हजार ६ सय ११ रुपैयाँमा लागत रहेको भवनको…

Read More

काठमाडौँः अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती दिने भएका छन्। मेजर लेजर समूहका सदस्य डीजेले क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन्। वाल्शी फायर जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत पनि हुन्। उनको समूहमा डीजे डिप्लो र एप ड्रम्स छन्। तर उनको समूहका अन्य साथीहरू भने नेपाल आउने छैनन्। उनीहरूले धेरै हिट गीत उत्पादन गरेका छन्। जुन नेपाली युवामा समेत उनका गीतले प्रसिद्धि कमाएको छ। उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप लगायतका गीतहरू छन्। क्लबका निर्देशक…

Read More