काठमाडौँः अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती दिने भएका छन्। मेजर लेजर समूहका सदस्य डीजेले क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन्।
वाल्शी फायर जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत पनि हुन्। उनको समूहमा डीजे डिप्लो र एप ड्रम्स छन्। तर उनको समूहका अन्य साथीहरू भने नेपाल आउने छैनन्।
उनीहरूले धेरै हिट गीत उत्पादन गरेका छन्। जुन नेपाली युवामा समेत उनका गीतले प्रसिद्धि कमाएको छ। उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप लगायतका गीतहरू छन्।
क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरका कार्यक्रम ११ बजेदेखि सुरु हुने उनले जानकारी दिए। उनका अनुसार सहभागी हुन चाहने दर्शकले ईसेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन्। दर्शकले कार्यक्रम सुरु हुनु अगाडि क्लबमा प्रवेश गरेर मनोरञ्जन गर्न सक्ने छन्।
यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन्। बलिउडका नेहा कक्कर, अर्मन मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन्।
त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन्।
एलओडी क्लब लर्ड अफ द ड्रिंक्स विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको क्लब हो। केही समयअघि क्लब पुनः डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५२ औं स्थानमा राखेको हो। यसमा पाँच सय क्लब सहभागी भएका थिए।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ। म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ।