Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा गाँजासहित एक किशोर पक्राउ परेका छन्। बेदकोट नगरपालिका-५ धरमपुरबाट ४.१८ ग्राम लागुऔषध गाँजासहित सोही ठाँउ बस्ने १९वर्षीय किशोर चेतन बोहरा सोमवार राति पक्राउ परेका हुन्। प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बोहराको साथबाट गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कैलालीको धनगढीमा चोरी मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेका हुन्। दुवै जनालाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो। उनीहरु सोहि दिनबाटै फरार रहेका थिए। दुवै जनालाई पक्राउ गरि अदालत पठाएको कैलाली प्रहरीले जनाएको छ।

Read More

सर्लाही : सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका हुन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, सर्लाहीको…

Read More

कैलाली : कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सोमबार जिल्लाको भजनी नगरपालिका-२ मोहनपुरस्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरोसे चौधरीको शौचालयमा नामथर नखुलेको अन्दाजी ७२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Read More

कञ्चनपुर : अस्ति(माघ २० गते) कञ्चनपुरको बेलौरीस्थित सीमावर्ती बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक नेपाली महिलालाई कुटेको खबर बाहिर आएको छ। भारतीय बजार खजुरियाबाट सामान ल्याउने क्रममा क्यारिङ गर्ने बेलौरी नगरपालिका–६ रिछाहाकी शान्ती रानामाथि पिल्लर नम्बर ८ र ७ को बीचमा कुटपिट भएको खुलेको हो। स्थानीय व्यापारीको भनाइमा रानामाथि गालीगलौज गर्दै एसएसबीले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट रानाको पिठ्यु, कम्मर र खुट्टामा निनडाम बसेको छ। उनीसँगै रहेका अन्य १४ जना महिला क्यारिङकर्तामाथि पनि एसएसबीले दुव्र्यवहार गर्दै समान जफत गरेको व्यवसायीले बताएका छन्। उक्त घटनालाई उद्योग वाणिज्य संघ बेलौरी, खजुरीया व्यापार मण्डली र दुई देशका सुरक्षा निकायका प्रतिनिधि बसेर…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

धनगढी : निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ। २०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको हो । सुदूरपश्चिममा स्‍थानीय र प्रदेश सभामा गरि ५ पद रिक्त छन्। प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा परी निधन भएको थियो। यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष, डोटीको पुर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष, दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष पद रिक्त छन् । रिक्त रहेका ठाउँमा पदपूर्तिका लागि आयोगले सरकारसँग परामर्श गरी उपनिर्वाचनको…

Read More

धनगढी : राजीनामा फिर्तापछि प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दलाई सरुवा गरिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख समेत रहेका डीआईजी चन्दले राजीनामा दिएका थिए। तर उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ। उनलाई १० दिन बिदा दिइएको छ। यहीबीचमा विमानस्थल सुरक्षा कार्यालयबाट सरुवा गर्ने तयारी भएको छ । गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखका रुपमा सरुवा भएका चन्द यसअघि नै त्यहाँबाट अन्यत्र जान चाहेका थिए। उनको इच्छा प्रदेश प्रमुख भएर जाने थियो। तर सरकारले गत महिना सबै प्रदेश प्रमुख हेरफेर गर्दा पनि चन्द परेनन्। त्यसपछि असन्तुष्ट रहेका चन्दलाई थप दुई वटा घटनाले निराश बनाएको थियो। विमानस्थल…

Read More

धनगढी : नाई पसलमा काम गर्ने एक युवकले सँगै दुई युवती भगाएको घट्ना बाहिरीएको छ । घट्ना भारतको धार्चुला जौलजिवीको हो । बरेली घर भएका नाई पसलमा काम गर्ने इरफान नामका युवकले दुवै युवतीलाई प्रलोभनमा पारेर बरेली लिएका थिए । इरफानले उमेरले नाबालिक रहेकी दुई युवतीलाई सँगै धार्चुलाबाट भगाएर फरार भएका थिए । यसबारे जानकारी पाएलगत्तै आक्रोशित स्थानियहरूले आरोपीलाई पक्राउ गर्न माग गर्दै धार्चुला बजार बन्द गरेका छन् । सो क्रममा स्थानियहरुले जुलुस निकालेर प्रदर्शन समेत गरेका थिए । प्रहरीले दुवै युवतीलाई पक्राउ गरेको छ भने आरोपितलाई पक्राउ गर्न टोली पठाइएको छ । धार्चुलाको एक गाउँका उच्च माध्यमिक विद्यालयमा अध्ययनर…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ। दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। ‘यदि यो अवधिमा पनि अनुसन्धान नसकिएमा हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न आदेश भएको छ’, जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सीपी पन्थीले भने।

Read More