Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अब नेपाल प्रहरीका अधिकारीले कुनै पनि सार्वजनिक कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने भएको छ । सार्वजनिक कार्यक्रमहरूमा संगठनको धारणाविपरीत बोल्दा समस्या बढ्न थालेपछि प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई परिपत्र गरेर अनुमतिबिना कार्यक्रममा गएर नबोल्न निर्देशन दिएको हो । कार्यक्रममा निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषयवस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा रायसुझाव के-कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुसी सहभागी हुने र अभिव्यक्ति पनि दिने गरेको देखिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Read More

कैलाली : नागरिक उन्मुक्ति पार्टीको महासचिवमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी निर्विरोध निर्वाचित भएका छन्। निकै लामो टसलका बिच महासचिवमा चौधरी निर्विरोध निर्वाचित भएका हुन्। कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा यसअघि महासचिव टुङ्गो नलाग्दै अध्यक्षसहित २४ पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए। तर महासचिवमा गङ्गाराम चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्म चौधरी, नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए। अन्तिममा थारुले उम्मेदवारी फिर्ता लिए पनि भौतिक पूर्वाधार मन्त्री रहेका चौधरीले फिर्ता लिन मानेका थिएनन् । उनलाई अन्य जिम्मेवारी दिने सर्तमा महासचिवको जिम्मेवारी गङ्गाराम चौधरीलाई दिइएको पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताए ।

Read More

काठमाडौँ : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

दाङ : दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ । भने, मृत्यु भएका ८ जनाको सनाखत भएको छ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतकमध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन,…

Read More

काठमाडौँ : बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । मापन केन्द्रका अनुसार राति ११:३२ मा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

Read More

कैलाली : दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दाङको भालुबाङ नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए । भे १ ख ३९१२ नम्बरको रात्री बस राप्ती गाउँपालिका भालुवाङस्थित शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको हो । दुर्घटनामा कम्तिमा २० जना घाइते भएको बताइएको छ । दुर्घटनामा घाइते हुनेहरूलाई लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ । अहिले प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतको टोलीले उद्धारको काम गरिरहेको छ ।

Read More

धनगढी : दीपायल सिलगढी नगरपालिका ९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीवार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए। गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन। पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन्। छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन्। तत्काल अपरेसन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै…

Read More

धनगढी : हालै सुदूरपश्चिम प्रहरी प्रमुखको रुपमा सरुवा भएका डीआइजी रविन्द्र केसीको सम्बन्धको दोबाटो सार्वजनिक भएपछि चर्चा चुलिएको छ । काभ्रेपलान्चोकमा जन्मिएका रविन्द्र केसी नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षकको रूपमा कार्यरत छन् । सेवाको क्रममा उनी राष्ट्रपतिबाट जनसेवा श्री पदकले विभूषित भएका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले साहित्य, समाजशास्त्र, अन्तर्राष्ट्रिय मामिलामा रुचि राख्छन् । राष्ट्रिय पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूमा फुटकर लेख रचनाहरू प्रकाशित गराइरहने केसीको पहिलो कथासंग्रह सम्बन्धको दोबाटो प्रकाशित भएको छ ।कथासंग्रह ‘सम्बन्धको दोबाटो’ बारेमा डीआइजी केसीले कसरी तयार गरेका छन् र पाठकले के पाउनेछन् ?‘सम्बन्धको दोबाटो’ मेरो पहिलो कथा कृति हो । यसमा समावेश भएका सबै सिर्जनाहरू…

Read More

डडेल्धुरा : डडेल्धुराको एक सरकारी मोटरसाइकल (बाइक)को चरम दुरुपयोग भइरहेको छ। सामाजिक विकास कार्यालय डडेल्धुराको मोटरसाइकल चरम दुरुपयोग भइरहेको हो। सुपप्र ०२ ००१ प ६१९ नम्बरको मोटरसाइकल कार्यालय सहयोगी उमेश बिष्टले चरम दुरुपयोग गर्दै आएका छन्। उनले शनिबार र सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए पनि अनावश्यक चलाउने गरेको भेटिएको हो। स्रोतका अनुसार उनीसँग सवारीचालक अनुमतिपत्र समेत छैन्। उनले पारिवारिक कामकाजदेखि साथीलाई समेत प्रयोग गर्न दिइरहेका छन्। सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख प्रयागराज जोशीको सरुवा भएपछि कार्यालय सहयोगी उमेशको सरकारी बाइकमा रजाइँ बढेको कर्मचारी बताउँछन्। लामो समयदेखि रिक्त रहेको सामाजिकको हाकिमको रूपमा केही दिनअघि कुलराज…

Read More

धनगढी : धनगढी जेसिजको ४१ औं पदस्थापना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार धनगढीस्थित सौराइ ब्यांक्वेटमा सम्पन्न कार्यक्रममा गत २३ मंसिरको साधारण सभाबाट निर्वाचित अरुण सिंहको टिमको पदस्थापना र सम्मान वितरण समारोहलाई प्रमुख अतिथि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का संघीय सांसद डिल्लीराज पन्त र विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राजन पौडेलले सम्बोधन गरेका थिए। प्रमुख अतिथि पन्तले ४१ वर्षको जेसिजको अध्यक्षमा निर्वाचित सिंहलाई बधाई तथा शुभकामना दिँदै हरेक तहमा युवा महिलाहरू नेतृत्वको रूपमा स्थापित गरेर जानुपर्नेमा जोड दिए। साथै विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष पौडेलले आफ्नो स्थापना कालदेखि नै जेसिजले युवाको व्यक्तित्व र नेतृत्व विकासमा महत्त्वपूर्ण…

Read More