डडेल्धुरा : डडेल्धुराको एक सरकारी मोटरसाइकल (बाइक)को चरम दुरुपयोग भइरहेको छ। सामाजिक विकास कार्यालय डडेल्धुराको मोटरसाइकल चरम दुरुपयोग भइरहेको हो।
सुपप्र ०२ ००१ प ६१९ नम्बरको मोटरसाइकल कार्यालय सहयोगी उमेश बिष्टले चरम दुरुपयोग गर्दै आएका छन्।
उनले शनिबार र सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए पनि अनावश्यक चलाउने गरेको भेटिएको हो।
स्रोतका अनुसार उनीसँग सवारीचालक अनुमतिपत्र समेत छैन्। उनले पारिवारिक कामकाजदेखि साथीलाई समेत प्रयोग गर्न दिइरहेका छन्।
सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख प्रयागराज जोशीको सरुवा भएपछि कार्यालय सहयोगी उमेशको सरकारी बाइकमा रजाइँ बढेको कर्मचारी बताउँछन्।
लामो समयदेखि रिक्त रहेको सामाजिकको हाकिमको रूपमा केही दिनअघि कुलराज सोती आएका छन्। हाकिम आएपनि कार्यालय सहयोग उमेशको मनपरी भने रोकिएको छैन्।
यता, कार्यालय प्रमुख सोतीले आफू नियुक्ति लिएको २४ दिन मात्रै भएको बताए।
‘आज बिहान बजार गएको रहेछ। मैले बिदाको दिन किन चलाएको भनेर सम्झाएको छु,’ उनले भने, ‘अबदेखि त्यस्तो हुँदैन, त्यो मोटरसाइकल नचलाउनु। त्यसरी दुरुपयोग गरे जागिरबाट हटाउँछु भनेर सम्झाएको छु।’