Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन् । शिवनाथ–१ स्थित नागार्जुन आधारभूत विद्यालयका शिक्षक करनसिंह साउँदले सोही विद्यालयको कक्षा-९ मा अध्ययनरत छात्रालाई भगाएका हुन् । गाउँपालिकाले नियुक्त गरेका करिब २८ वर्षीय शिक्षक साउँदले जेठ २ गते बुधवार गाउँकै छात्रालाई बिहे गर्ने भन्दै भगाएर भारत लगेको खुलेको छ । केटी भगाउने शिक्षक साउँद विवाहित हुन् । उनका दुई छोरा रहेको स्थानीयले बताएका छन् । शिवनाथ गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष मानसिंह साउँदले करनसिंहलाई भारतमा पक्राउ गर्न पहल गरेको बताएका छन् ।

Read More

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो । जिल्ला प्रहरी परिसर टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६…

Read More

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ । समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्नेछ ।

Read More

काठमाडौँ : सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ । विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक तत्कालका लागि अनिश्चित बनेको छ ।  नयाँ बानेश्वरमा बसेका कांग्रेससहितको विपक्षी मोर्चाको बैठक लगत्तै सभामुख देवराज घिमिरेलाई भेटेर टिओआरमा सहमति नजुट्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गरेका हुन् ।   संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल…

Read More

धनगढीः कञ्चनपुरको महेन्द्रनगरमा १० बिघा अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइएको छ। भीमदत्त नगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचनाहरू खाली गर्न डोजर चलाइएको हो। भीमदत्त नगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमणमा परेको १० बिघा जमिन खाली गर्न शनिवारदेखि डोजर प्रयोग गरिएको नगरपालिकाले बताएको छ। तत्कालीन महेन्द्रनगर नगर विकास समितिमा विभिन्न समयमा बनेका अध्यक्षहरुले बसपार्क क्षेत्रको जग्गा अवैध रूपमा भाडामा वितरण गरेका थिए। नगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेपछि शनिवारदेखि डोजर चलाउन थालिएको हो। भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीका अनुसार उक्त क्षेत्रमा तीन सय ७३ वटा भौतिक संरचनाहरू निर्माण गरिएका छन्। दुई सय…

Read More

धनगढी: नेकपा एमालेको बाजुरा जिल्लामा अधिवेशन जारी छ। आज (आइतबार) पदाधिकारीसहितका पदका लागि मतदान भैरहेको छ। तर, युवा कलस्टरसहितका केही पदमा भने सर्वसम्मत सदस्य निर्वाचित पनि भएका छन्। बाजुरामा युवामाझ लोकप्रिय मानिने नरेन्द्र थापा सहवीर पनि एमाले बाजुराको जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका हुन्। उनी एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा खुला युवा सदस्यमा सर्वसम्मत निर्वाचित भएको बताइएको छ। यस अगाडि उनी पालिकाको प्रमुख भएर पार्टीको जिम्मेवारीमा थिए। उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय मानिन्छन्।

Read More

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।

Read More

धनगढीः कैलाली प्रहरीको हिरासतमा राखिएका एक युवकको मृत्यु भएको छ। आज (आइतबार) बिहान थुनामा रहेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरी अचानक बेहोस भएर ढलेकोमा उपचारका लागि अस्पताल लगेपछि उनको मृत्यु भएको हो। जिल्ली प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकेन्द्र कार्कीका अनुसार अस्ति जेठ ३ गते उनलाई भन्सार छलीका कपडासहित समातिएको थियो। त्यसपछि उनलाई ४ गते भन्सार बुझाइएकोमा थुनामा राखिएको थियो। तर आज अचानक बिहान साढे ५ बजेको समयमा उनी। हिरासतमा बेहोस भएर ढलेका थिए। त्यसपछि उनलाई उपचारका सेती प्रादेशिक अस्पताल लगिएकोमा उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौ : प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।  आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् । सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । उनीहरुको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन । गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष…

Read More

काठमाडौं: नेपाल प्रहरीका एसएसपीहरुको बढुवा अन्यायपूर्ण भएको भन्दै विवादमा परेको छ। अस्ति मध्यरातमा गरिएको डीआइजी बढुवा सिफारिस विवादमा परेको हो। अन्यायपूर्ण तरिकाले जुनियरलाई बढुवा गरिएको भन्दै विवाद र आलोचना चुलिएको हो। अस्तिमात्रै नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका थिए। बढुवा सिफारिस समितिले पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल, दोस्रो नम्बरमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की, तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी र चौथो नम्बरमा हेडक्वाटरको तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको छ। हाल तीन डीआईजीको दरबन्दी…

Read More