Author: महेन्द्रनगर पोष्ट

धनगढी : शनिबारदेखि परेको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका करिब सबै जिल्ला प्रभावित भएको छ । कैलाली र कञ्चनपुरमा बाढीले वितण्डा मच्चाएको छ भने पहाडी सात जिल्लामा बाढी र पहिरो दुबैका कारण जनजीवन प्रभावित भएका छन् । सोमबार मात्रै प्रदेशका ९ वटै जिल्लामा करिब ३ हजार जनालाई सुरक्षित स्थानमा सारिएको थियो । वर्षा रोकिएपछि उनीहरु मध्ये केही घर फर्किएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबै भन्दा धेरै प्रभावित कञ्चनपुरमा रहेका छन् । कञ्चनपुरमा मात्रै ४०९ परिवारका १ हजार ७६० जनालाई सुरक्षित स्थानमा राखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डिआइजी रवीन्द्र केसीले जानकारी दिए । उनले अहिले स्थिति…

Read More

काठमाडौं: सुदूरपश्चिमस्थित तराइको जिल्ला कञ्चनपुरमा पछिल्लो २४ घण्टामा ‘अति भारी’ वर्षा भएको छ। लगातारको पानीले कञ्चनपुर जलमग्न बनेको हो। वर्षाका कारण बस्ती डुबानमा परेका छन् भने ४ जनाले त ज्यानै गुमाएका छन्। यसरी ज्यानै गुमाउने गरि वर्षा हुँदा हालसम्मकै वर्षाको रेकर्ड पनि ब्रेक भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार (हिजो) बिहान ८ः४५ देखि सोमबार (आज) बिहान ८ः४५ बजेसम्म गरिएको मापनमा कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको हो। उक्त अवधिमा कञ्चनपुरको दोधारा केन्द्रमा ६२३.९ (६२४) मिलिमिटर वर्षा मापन गरिएको केन्द्रकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार, यो ‘अति भारी’ वर्षा हो। नेपालमा वर्षाको तथ्यांक राख्न थालेयताकै त्यहाँ (२४…

Read More

धनगढी: अविरल वर्षासँगैको बाढी तथा डुबानका कारण कञ्चनपुरमा मात्र ४ हजार बढी मानिस प्रभावित भएका छन्। अहिलेसम्मको अपडेटमा ४ जनाको मृत्यु भएको छ भने अन्य केही बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले अहिलेसम्म ४ जनाको मृत्यु भएको जानकारी दिए। उनले भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेलौरी, कृष्णपुर, बेदकोट, बेलडाँडीसहितका ठाउँमा मानिसहरु प्रभावित बनेका छन् जोशीले बाढी तथा डुबानबाट आशिंक तथा पूर्ण रुपमा प्रभावित भएकाहरुलाई सुरक्षित स्थानमा सारिएको बताए। उनका अनुसार बस्ती डुबानमा परेपछि घरभित्र जमेको पानीमा खसेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका शिशु सोनु धानुकको मृत्यु भएको थियो। यस्तै, पुनर्वास नगरपालिका–५ को घ गाउँमा जमेको पानीमा नुहाउने क्रममा…

Read More

काठमाडौं: काठमाडौं जिल्ला अदालतभित्र एक वकिल र पुलिसबीच हानाहान भएको छ। अधिवक्ता लक्ष्मीनानी थापा र एक प्रहरी जवानको आपसमा हानाहान भएको हो। त्यसमा पर्दा वकिलको गालामा गहिरो चोट लागेको छ। उपचारपछि उनी हिजै घर फर्केकी छन्। उक्त घटनाबारे सत्यतथ्य अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन कानुन व्यवसायीहरुको माग छ।  उता उनै थापाविरुद्ध हिजै प्रहरी वृत्त सिंहदरबारमा जाहेरी परेको छ। जिल्ला अदालतको सुरक्षार्थ खटिएका प्रहरी जवान जीवन छिनालले महिलाले अभद्र व्यहार गरेकाले आवश्यक कारबाहीको निम्ति उजुरी दर्ता गराएका हुन्। प्रहरी वृत्त सिंहदरबारमा हालिएको जाहेरीमा उनले आफू नेपाल प्रहरीको कर्मचारी रहेको र हिजो दिउँसो साढे १ बजे जिल्ला अदालतको सुरक्षार्थ ३ नम्बर गेटमा…

Read More

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक किशोरी बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले  पुनर्वास–५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको मृत्यु भएको जानकारी दिए। डुबेर बेपत्ता भएको आरती बोगटी अझै फेला परेकी छैनन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरु तिनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए। १२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन्। तर उनी पौडी नखेलेर फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो।

Read More

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिएको छ । बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्। बागमतिमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन् । केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको असर प्रदेशमा देखिन शुरु भएको छ । जस अनुसार एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ ।

Read More

धनगढी : अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गको कलभर्ट भत्किएको छ। कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवात जावत बन्द भएको छ। खोलामा आएको बाढीले आइतबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडाचोक नजिक पर्ने कल्भर्ड भत्किएको हो। कलभर्ट भत्किएपछि महेन्द्र राजमार्गको सुडाचोक भएर आवातजावत ठप्प भएको प्रहरीले जनाएको छ। यात्रुहरु वैकल्पिक बाटोको प्रयोग गरेर ओहोरदोहोर गर्न बाध्य छन्। अविरल वर्षाले कञ्चनपुर र कैलालीका अधिकाँश बस्ती डुबानमा परेका छन्।

Read More

धनगढी : कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी बेपत्ता भएको खबर आउनासाथ इलाका प्रहरी कार्यालय हसुलियाबाट खोजीका लागि प्रहरी परिचालन गरिए पनि अहिलेसम्म राना नभेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए । यस्तै, कञ्चनपुरमा पनि नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बेलडाँडी गाउँपालिका–३ बस्ने २३ वर्षीय डम्मर चौधरी चौदारा नदीमा माछा मार्न गएका बेला बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

Read More

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा सात महिने शिशुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चपुरका अनुसार, डुवानको कारणले घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको हो। वडा नम्बर–१ पहरियामा अत्यधिक वर्षाको कारणले डुवान भएको र सोही डुवानले गर्दा घरभित्र पसेको पानीले सोनुको ज्यान गएको बताइएको छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ र भविष्यमा यस्ता घटनाहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ। स्थानीय प्रशासनले पनि आवश्यक राहत र सहयोगको व्यवस्था गरिरहेको छ।

Read More

धनगढीः कैलालीमा लागूऔषधसहित दार्चुलाकी एक युवती पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ की २१ वर्षीया आरती धामी पक्राउ परेकी हुन्। धामीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More