Author: महेन्द्रनगर पोष्ट

धनगढीः डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–२ खोलेखरका २८ वर्षीय डम्बर बहादुर थापा मगर एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरुवा बन्दुक फायर गरेका थिए। प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : नेपाल भेटेरिनरी एसोसिएसनले ब्रोइलर कुखुराको रोग मानिसमा नसर्ने दाबी गरेको छ। एसोसिएसनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ। केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । ‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिए जस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ। त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभिएले आग्रह गरेको छ। भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा…

Read More

धनगढी : कैलालीको एक विद्यालयले राहत शिक्षकको परीक्षामा बदमासी गरेको पाइएको छ । गोदावरी नगरपालिका ८ को शारदा माध्यमिक विद्यालयले शिक्षक पदपुर्तीको परीक्षामा गम्भीर लापरवाही गर्दै सेटिङमा भर्ना गर्न खोजेको आरोप लागेको छ । विद्यालयले प्लस टुको अंग्रेजी विषयको राहत शिक्षकको लिखित परीक्षामा उत्तर पुस्तिका नै बाडिएको पाइएको छ । शनिवारको पहिलो लिखीत परिक्षा सञ्चालन हुनुपुर्व प्रश्नपत्र लिक गर्दै विद्यालयका प्रधानाध्यापक निकट व्यक्तिलाई थमाएको आरोप छ । विद्यालयले प्रधानाध्यापक निकट परीक्षार्थीलाई प्रश्नपत्र सँगै उत्तरपुस्तिका दिएको कुरा लिक भएपछि तत्काल रद्द गर्दै प्रश्नपत्र फेरेर फेरि परीक्षा लिइएको छ । तर विज्ञको टोली परिवर्तन नगरिएको, विज्ञ टोली गोला प्रथाबाट नछानिएको, आफन्तलाई धनगढीबाट…

Read More

धनगढी : मालपोत कार्यालय टिकापुरका तत्कालिन कार्यालय प्रमुख मोहन स्नेही रसाईली भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्धा चलाइएकाहरुमा मालपोत कार्यालयका नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय, टीकापुरका तत्कालिन कार्यालय प्रमुख मानबहादुर चन्द, सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्र रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावल छन् । उनीहरुले आपसी मिलेमत्तोमा कैलालीको साविक नारायणपुर–८, अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५–०–० ज.बि.(बिगाहा) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी २०६८ सालमा व्यक्तिको नाममा दर्ता गरेको अख्तियारको दाबी छ । अख्तियारको…

Read More

धनगढी : बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन् । शिवनाथ–१ स्थित नागार्जुन आधारभूत विद्यालयका शिक्षक करनसिंह साउँदले सोही विद्यालयको कक्षा-९ मा अध्ययनरत छात्रालाई भगाएका हुन् । गाउँपालिकाले नियुक्त गरेका करिब २८ वर्षीय शिक्षक साउँदले जेठ २ गते बुधवार गाउँकै छात्रालाई बिहे गर्ने भन्दै भगाएर भारत लगेको खुलेको छ । केटी भगाउने शिक्षक साउँद विवाहित हुन् । उनका दुई छोरा रहेको स्थानीयले बताएका छन् । शिवनाथ गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष मानसिंह साउँदले करनसिंहलाई भारतमा पक्राउ गर्न पहल गरेको बताएका छन् ।

Read More

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो । जिल्ला प्रहरी परिसर टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६…

Read More

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ । समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्नेछ ।

Read More

काठमाडौँ : सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ । विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक तत्कालका लागि अनिश्चित बनेको छ ।  नयाँ बानेश्वरमा बसेका कांग्रेससहितको विपक्षी मोर्चाको बैठक लगत्तै सभामुख देवराज घिमिरेलाई भेटेर टिओआरमा सहमति नजुट्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गरेका हुन् ।   संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल…

Read More

धनगढीः कञ्चनपुरको महेन्द्रनगरमा १० बिघा अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइएको छ। भीमदत्त नगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचनाहरू खाली गर्न डोजर चलाइएको हो। भीमदत्त नगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमणमा परेको १० बिघा जमिन खाली गर्न शनिवारदेखि डोजर प्रयोग गरिएको नगरपालिकाले बताएको छ। तत्कालीन महेन्द्रनगर नगर विकास समितिमा विभिन्न समयमा बनेका अध्यक्षहरुले बसपार्क क्षेत्रको जग्गा अवैध रूपमा भाडामा वितरण गरेका थिए। नगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेपछि शनिवारदेखि डोजर चलाउन थालिएको हो। भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीका अनुसार उक्त क्षेत्रमा तीन सय ७३ वटा भौतिक संरचनाहरू निर्माण गरिएका छन्। दुई सय…

Read More

धनगढी: नेकपा एमालेको बाजुरा जिल्लामा अधिवेशन जारी छ। आज (आइतबार) पदाधिकारीसहितका पदका लागि मतदान भैरहेको छ। तर, युवा कलस्टरसहितका केही पदमा भने सर्वसम्मत सदस्य निर्वाचित पनि भएका छन्। बाजुरामा युवामाझ लोकप्रिय मानिने नरेन्द्र थापा सहवीर पनि एमाले बाजुराको जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका हुन्। उनी एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा खुला युवा सदस्यमा सर्वसम्मत निर्वाचित भएको बताइएको छ। यस अगाडि उनी पालिकाको प्रमुख भएर पार्टीको जिम्मेवारीमा थिए। उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय मानिन्छन्।

Read More